२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यावसायिक ड्रागनखेतीबाट राम्रो आम्दानी

२०७७, ४ माघ आईतवार ०७:००

माघ ४, भोजपुर । धेरै मानिस सेवासुविधाको खोजीमा शहरतिर बसाइँ सर्छन् । यसरी हिँडेका मानिस पुनःआफ्नै जन्मथलोमा फर्किएका कमै उदाहरण भेटिन्छन्, तर भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ८ गोगने सल्लेनीका कृषक शम्भु नेपाल भने २२ वर्ष विराटनगरमा बिताएर गाउँ फर्केर व्यावसायिक खेतीमा लाग्नुभएको छ । व्यवसाय गर्नका लागि विराटनगरमा रहेको घरलाई बिक्री गरेर गाउँ आएको उहाँले बताउनुभयो । उहाँले जिल्लामा पहिलो पटक यसको खेती लगाउनुभएको हो । 

 कृषक नेपालले अहिले आफ्नो पुर्खौली भूमिमा २२ रोपनी क्षेत्रफलमा ड्रागन फल र १८ रोपनी क्षेत्रफलमा कागतीको व्यावसायिक खेती गरिरहनुभएको छ । उहाँले एक हजार बोट कुरिलो, एभोकाडोलगायतका बिरुवासमेत लगाउनुभएको छ । 

उहाँले दानाबोटे फलफूल तथा कृषि फार्ममा अहिले एक हजार ५०० बढी पिलरमा ड्रागन फल लगाउनुभएको छ । दुई हजार ५०० पिलर पु¥याउने लक्ष्यका साथ खेतीलाई थप विस्तार गरिरहेको नेपालले बताउनुभयो । उहाँले तीन वर्षअघिबाट भोजपुरमा पहिलो पटक ड्रागन फलको व्यावसायिक खेती गर्न थालेको बताउनुभयो । अहिले उहाँको फर्ममा रहेको ड्रागनले फल दिन शुरु गरेको छ । 

कृषक नेपालले भन्नुभयो, “म २२ वर्षपछि पुनः गाउँ फर्केर व्यावसायिक कृषिमा लागेको छु, अहिले मैले ४० रोपनी बढी क्षेत्रफलमा ड्रागन फलसँगै कागतीको व्यावसायिक खेती गरिरहेको छु, शुरुमा गाउँमा फर्केर आएर व्यावसायिकरुपमा खेती गर्दा यहाँका साथीले धेरैथरीका कुरा गरे, बौलायो भने पैसा धेर भएर यस्तो गर्दैछ भने तर अहिले मैले ड्रागनको खेती गरेको देखेर अन्य साथीले पनि खेती गर्दै आएका छन् ।”

उहाँले ड्रागन फलको खेतीका लागि मात्र हालसम्म रु १५ लाख बढी खर्च गरिसकेको बताउनुभयो । गत वर्षबाट सामान्यरुपमा त्यसले फल दिन थालेको उहाँले बताउनुभयो । उहाँले ड्रागन खेतीबाट वार्षिक रु ५० लाख आम्दानी लिने लक्ष्य राख्नुभएको छ । उहाँले भारतबाट सोका बिरुवा ल्याएर खेती थालेको जानकारी दिनुभयो । 

उहीले आफैँले पनि ड्रागनका बिरुवा उत्पादन थालेको समेत जानकारी दिनुभयो । ड्रागन फल लागेको ४५ दिनमा खान मिल्नेछ यसको मूल्य स्थानीय बजारमा रु ७०० देखि रु एक हजारसम्म रहेको उहाँले जानकारी दिनुभयो । 

गत वर्ष कागती बिक्रीबाट रु १० लाख आम्दानी गरेको उहाँले जानकारी दिनुभयो । कोभिडका कारण यस वर्ष भने बिक्रीवितरणमा समस्या भएको उहाँको भनाइ छ । “गत वर्ष मैले रु १० लाख बराबरको कागती बिक्री गरेँ, सोमध्ये रु तीन लाख बराबरको कागती स्थानीय बजारमा बिक्री भयो, बाँकी काठमाडौँ लगेर बिक्री गरँे, भोजपुरबाट आएको आर्गानिक कागती भनेपछि यसको काठमाडौँमा पनि बजार राम्रो छ ।”

व्यावसायिकरुपमा खेती गरिरहेको भए पनि राज्यकातर्फबाट सहयोग नपाएको नेपालले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “मैले खेती गरेको देखेर हौसला दिने धेरै छन्, खास सहयोग पाएको छैन, मैले बैंकबाट कृषि ऋण लिएर व्यवसाय थालेको हो, मैले पनि राज्यलाई केही दिन सकेको छैन, फर्मसम्म आउनका लागि सडक नहुँदा डोकामा बोकेर बस भएको ठाउँसम्म लैजाने गरेको छु, मैले राम्रो काम गर्न सके भने सरकारको तर्फबाट पनि सहयोग आउला भन्ने आशा छ, अहिले मेरो एक मात्र लक्ष्य भनेको वर्षिक रु ५० लाख आम्दानी सुनिश्चित गर्ने नै हो ।”

उहाँले गाउँका अन्य कृषकलाई समेत व्यावसायिक कृषिमा लाग्ने हौसला दिँदै आएको बताउनुभयो । उहाँले गाउँमा उत्पादन  भएको दूधलाई बजारसम्म पु¥याउनका लागि पहलसमेत थालेको जानकारी दिनुभयो । विभिन्न ठाउँमा दूध सङ्कलन केन्द्र स्थापना गरेर दूधलाई बजारसम्म लैजानका लागि काम गर्ने तयारी रहेको उहाँको भनाइ छ । 

कृषक नेपालले भन्नुभयो, “हाम्रो ठाउँमा दूधको सम्भावना अत्यन्तै राम्रो छ, तर गाउँघरमा उत्पादन भएको दूधले मूल्य पाउन सकेको छैन, दूधलाई बजारमा पु¥याएर बिक्री गर्नसकेमा यहाँका हजारौँ कृषकलाई लाभ पुग्छ, दूध सङ्कलन केन्द्र स्थापनाका लागि आवश्यक कागजात तयार गरेर स्थानीय सरकारसँग समन्वय गरिरहेको छु ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट