साउन २०, नवलपरासी ।  खानी तथा भूगर्भ विभागले नवलपरासीको धौवादीमा रहेको फलाम खानीलाई अन्वेषणात्मक ड्रिलिङ गर्ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, नवलपरासी ।  खानी तथा भूगर्भ विभागले नवलपरासीको धौवादीमा रहेको फलाम खानीलाई अन्वेषणात्मक ड्रिलिङ गर्ने"/>
२९ पुष २०८२, मंगलवार
अर्थ/विकास

नवलपरासीको फलाम खानीमा कति परिमाणको र कुन गुणस्तरको फलाम छ भनेर अन्वेषण गरिने

२० श्रावण २०७३, बिहीबार १०:०१

साउन २०, नवलपरासी ।  खानी तथा भूगर्भ विभागले नवलपरासीको धौवादीमा रहेको फलाम खानीलाई अन्वेषणात्मक ड्रिलिङ गर्ने भएको छ ।  फलाम खानीमा कति परिमाणको र कुन गुणस्तरको फलाम छ भनेर यकिन गर्नका लागि अन्वेणनात्मक ड्रिलिङ गर्न थालिएको विभागका प्रवक्ता कृष्णदेव झाले जानकारी गराउनुभयो । 


उहाँका अनुसार दुई पटक सर्भे गरिसकेको उक्त खानीमा विभागले अन्वेणनात्मक ड्रिलिङपश्चात् फलामको परिमाण पत्ता लगाएपछि उत्खनन गर्ने छ ।  रामेछापको ठोसे र फुलचौकीको भएको फलाम खानीभन्दा गुणस्तरीय फलाम निस्कने भएकाले विभागले अन्वेणनात्मक ड्रिलिङ गर्न थालेको हो । 


तर नवलपरासीको उक्त फलाम खानीमा ४० देखि ६० प्रतिशत फलाम रहेको अनुमान गरिएको छ ।  रामेछापमा रहेको फलाम खानी फलाम उत्पादन गर्न योग्य नभएपछि सिमेन्ट उद्योगलाई दिइएको छ । रामेछापमा एक करोड टन फलाम खानी रहेको छ । 


फुलचौकीमा रहेको फलाम खानी पनि ४० प्रतिशतले भन्दा कम फलाम भएकाले फलाम उत्पादन नहुने भएपछि विभागले अन्य कम्पनीलाई उत्खननको लागि जिम्मा दिएको प्रवक्ता झाले बताउनुभयो ।  नवलपरासीको धौवादीमा रहेको फलाम खानी जमिन माथि नै भएकाले ड्रिलिङ गर्न सजिलो हुने वरिष्ठ मेटलर्जिकल इन्जिनियर समेत रहनुभएको झाले जानकारी गराउनुभयो । 


धौवादीमा १० किलोमिटर क्षेत्रसम्म उक्त फलाम खानी फैलिएको छ । करिब पाँच करोड टन फलाम खानी भएको प्रारम्भिक अध्ययनले देखाएको प्रवक्ता झाले जानकारी गराउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव