साउन २०, नवलपरासी ।  खानी तथा भूगर्भ विभागले नवलपरासीको धौवादीमा रहेको फलाम खानीलाई अन्वेषणात्मक ड्रिलिङ गर्ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, नवलपरासी ।  खानी तथा भूगर्भ विभागले नवलपरासीको धौवादीमा रहेको फलाम खानीलाई अन्वेषणात्मक ड्रिलिङ गर्ने"/>
२०८२, १६ चैत्र सोमबार
अर्थ/विकास

नवलपरासीको फलाम खानीमा कति परिमाणको र कुन गुणस्तरको फलाम छ भनेर अन्वेषण गरिने

२०७३, २० श्रावण बिहीबार १०:०१

साउन २०, नवलपरासी ।  खानी तथा भूगर्भ विभागले नवलपरासीको धौवादीमा रहेको फलाम खानीलाई अन्वेषणात्मक ड्रिलिङ गर्ने भएको छ ।  फलाम खानीमा कति परिमाणको र कुन गुणस्तरको फलाम छ भनेर यकिन गर्नका लागि अन्वेणनात्मक ड्रिलिङ गर्न थालिएको विभागका प्रवक्ता कृष्णदेव झाले जानकारी गराउनुभयो । 


उहाँका अनुसार दुई पटक सर्भे गरिसकेको उक्त खानीमा विभागले अन्वेणनात्मक ड्रिलिङपश्चात् फलामको परिमाण पत्ता लगाएपछि उत्खनन गर्ने छ ।  रामेछापको ठोसे र फुलचौकीको भएको फलाम खानीभन्दा गुणस्तरीय फलाम निस्कने भएकाले विभागले अन्वेणनात्मक ड्रिलिङ गर्न थालेको हो । 


तर नवलपरासीको उक्त फलाम खानीमा ४० देखि ६० प्रतिशत फलाम रहेको अनुमान गरिएको छ ।  रामेछापमा रहेको फलाम खानी फलाम उत्पादन गर्न योग्य नभएपछि सिमेन्ट उद्योगलाई दिइएको छ । रामेछापमा एक करोड टन फलाम खानी रहेको छ । 


फुलचौकीमा रहेको फलाम खानी पनि ४० प्रतिशतले भन्दा कम फलाम भएकाले फलाम उत्पादन नहुने भएपछि विभागले अन्य कम्पनीलाई उत्खननको लागि जिम्मा दिएको प्रवक्ता झाले बताउनुभयो ।  नवलपरासीको धौवादीमा रहेको फलाम खानी जमिन माथि नै भएकाले ड्रिलिङ गर्न सजिलो हुने वरिष्ठ मेटलर्जिकल इन्जिनियर समेत रहनुभएको झाले जानकारी गराउनुभयो । 


धौवादीमा १० किलोमिटर क्षेत्रसम्म उक्त फलाम खानी फैलिएको छ । करिब पाँच करोड टन फलाम खानी भएको प्रारम्भिक अध्ययनले देखाएको प्रवक्ता झाले जानकारी गराउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना