२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चिया पिलाउँदै, स्वाद चिनाउँदै

२०७७, २ फाल्गुन आईतवार ०७:३९

फागुन २, इलाम । उद्योग आसपास जब नयाँ मान्छे पुग्छ, उद्योगी छेउमा पुग्छन् । चिनजान गर्छन् । खबर सोधासोध हुन्छ । सँगै घुमघाम गर्छन् । अनि उद्योगीले आफ्नै उद्योगमा पाहुनालाई आमन्त्रण गर्छन् ।  

उद्योगको आफ्नै ‘क्याबिन’मा बसाउँछन् । अनि सोध्छन्,‘कुन चिया लिउ ?’ पाहुनाको जवाफअनुसार चिया बनाइन्छ । कसैले छनोट गर्न नसके पनि मिठै चिया पिलाउँछन् । आफ्नो क्षेत्रमा आउने पाहुनालाई गर्ने सत्कार हो यो । अनि चियाको प्रवद्र्धन । यसरी थरिथरीका चिया पिलाउने व्यक्ति हुनुहुन्छ इलाम देउमाई नगरपालिकास्थित पानीटारका राजु कटुवाल । कटुवाल पानीटार नजिकैको ब्रदर्श अर्थोडक्स टी प्रोडर्सस प्रालिका सञ्चालक हुनुहुन्छ । 

पानीटार आसपासका किसानको चिया ल्याउने फ्याक्ट्री हो, ब्रदर्श अर्थोडक्स । नाम जस्तै मान्छे पनि । दाजुभाइ झैँ सबैलाई सत्कार गर्ने उहाँको बानी । यसैले एकादुई दिनमा उहाँका पाहुना आइरहन्छन् । यी सबैलाई आफ्नै हातले बनाएको चिया पिलाएर उहाँ पठाउनुहुन्छ । यहाँ व्यापारसँगै सत्कार र संस्कृति तथा संस्कार झल्किन्छ । राजु सञ्चालक बनेदेखि यो उद्योग निरन्तर चलिरहेकै छ । उहाँको यही व्यवहारले नेपाल मात्र होइन, भारतहुँदै तेस्रो मुलुकसम्म चियाको व्यापार पुगेको छ ।

यहाँ अर्थोडक्स चियाबाट बन्ने विभिन्न प्रकारका चिया बन्छन् । पाहुनाको माया र उद्योगको कमाइले चलेको छ, उहाँको जिन्दगी । राजुको मात्र होइन, सँगसँगै १३ जना उद्योगीको जीवन । अनि सँगसँगै चलेको छ उहाँको चिया ल्याउने किसानको । यो उद्योग तीन वर्षअघि नै अर्गानिक सर्टिफिकेट हो । यसैले चिया प्रचारका लागि धेरै बोल्नु पर्दैन । पहाडको अर्थोडक्स, त्यसमा पनि अर्गानिक । फेरि चियाको अनेकन ‘भेराइटिज’ । स्वादकै लागि चिया किन्नेको जत्था कम छैन उद्योगमा । उद्योगको सबै थोक राजुकै काँधमा छ ।

कसैले उद्योगको तपार्इं के हो भनेर सोधे, राजु ठट्यौलीमा भन्नुहुन्छ,“खोइ आफैलाई थाहा छैन, सबै थोक आफै गर्नुपर्छ ।” उद्योगको सबैथोक आफै गर्नुपर्नाले राजुलाई व्यवस्थापक भने नि हुन्छ । विसं २०६८ तिर राजु त्यही उद्योगको हरियो चियापत्ती सङ्कलक हुनुहुन्थ्यो । यसपछि एक्कासि उद्योगी बन्नुपर्ने भयो । अनेक समस्या र अभावकाबीच राजु सञ्चालक बन्नुभयो । 

राजुकै हातबाट बन्ने ११ ‘भेराइटिज’

उहाँकै हातबाट ११ किसिमको ‘भेराइटिज’का ‘ग्रीन टी’, ‘नर्मल ग्रीन टी’, ‘रोस्टेड ग्रीन’,‘नर्मल ग्रीन’, ‘पल ग्रीन’,‘गोल्डेन पल’,‘ह्वाइट पल’,‘गोल्डेन टी’,‘ह्वाइट टी’,‘ह्वाइट हिँडन’,‘गोल्डेन निडल’,‘ब्लाक टी’ र ओलाङ टी बन्छन् ।

 ‘टी टुरिज्जम’मा पनि

अरू चियामा भन्दा बेग्लै स्वाद हुन्छ, अर्थोडक्समा । अनि झन् बेग्लै पहिचान र स्वाद हुन्छ, अर्गानिक अर्थोडक्समा । त्यसमा पनि पानीटारको अर्थोडक्समा भिन्नै स्वाद भेटिन्छ । हावापानी र भौगोलिकता नै भिन्न भएकाले चियामा विशेष स्वाद हुन्छ । यो चिनाउन राजु अहिले ‘टी टुरिज्जम’मा लाग्नुभएको छ । 

पानीटारकै एउटा कुनै ठाउँमा बस्ने, चियाकै पुस्तक पाहुनालाई देखाउने, चिया चखाउने र अनि चिया चिनाउने योजना बोकेर उहाँ हिँड्दै हुनुहुन्छ । चियाले आफ्नै ठाउँमा बजार लिनुपर्छ भन्ने मान्यता उहाँ राख्नुहुन्छ । 

केही दिनअघि मात्र सरकारले देशभरका १०० पर्यटकीय क्षेत्र छनोटमा पानीटार राखेको छ । देउमाई नगरपालिकाको पानीटार पर्यटन विकास तथा सिद्धिथुम्कामा टावरसहित पार्क निर्माणका लागि सरकारले बजेट विनियोजन गरेको छ । सो आयोजनाका लागि रु एक करोड ४४ लाखको लागत अनुमान गरिएको छ । सोका लागि मन्त्रालयको लागत रु ९४ लाख र साझेदार लागत रु ५० लाख रहेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो