2026-09-19 05:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

झापामा पहिलो रबर उद्योग सञ्चालनको तयारी

फागुन १५, झापा | नेपालमा रबर खेती शुरु भएको ३० वर्षपछि झापामा रबर उद्योग स्थापना भएको छ । कनकाई नगरपालिका–७ मा रु २० करोडको लगानीमा स्थापित कनकाई रबर इन्डस्ट्रिज सञ्चालनको अन्तिम तयारीमा छ ।

बिसं २०४६ मा गोरखामा गोरखकाली रबर उद्योग स्थापना भएसँगै झापाको शनिश्चरेमा पहिलोपल्ट परीक्षणको रुपमा रबरको बिरुवा रोपिएको थियो । शनिश्चरेका जयप्रसाद ढकाल र उहाँको परिवारले पाँच हेक्टर जग्गामा पहिलोपल्ट रबर खेती गर्नुभएको थियो । हाल झापा, मोरङ र सुनसरीमा करीव ७०० हेक्टरमा रबरको खेती भइरहेको छ । रबरको खेती फस्टाउँदै गएपछि स्वदेशमै उद्योग सञ्चालनको आवश्यकता महसुस गरी काठमाडौँ र झापाका लगानीकर्ताले साझेदारीमा कनकाई रबर इन्डस्ट्रिज स्थापना गरेका हुन् ।

डेढ बिघा जग्गामा फैलिएको रबर उद्योगले यसै वर्षदेखि किसानले उत्पादन गरेको रबरको चोप खरिद गर्ने जनाएको छ । उद्योगले प्रतिघण्टा एक हजार लिटर रबरको चोप प्रशोधन गर्ने भएको छ । किसानबाट खरिद गरेको रबरको चोपलाई आधुनिक मेसिनमा प्रशोधन गरी पहिलो चरणमा जुत्ता चप्पलमा प्रयोग हुने सुलेसन (टाँस्ने पदार्थ) र रबर सोल उत्पादन गरिने सञ्चालक बालकृष्ण सापकोटाले बताउनुभयो । नेपालमा सयौँको सङ्ख्यामा रहेका जुत्ता चप्पल उद्योगले यहाँबाट उत्पादित सुलेसन र सोल प्रयोगमा ल्याउने सञ्चालकको अपेक्षा छ । हालसम्म ती उद्योगले यस्तो पदार्थ भारतको केरला, भियतनाम र थाइल्यान्डबाट आयात गर्दै आएका थिए ।

दुई महिनापछि सुलेसन र सोल उत्पादन थालिने सञ्चालक सापकोटाको भनाइ छ । त्यसपछि दोस्रो चरणमा मेडिकल क्षेत्रमा प्रयोग हुने ग्लोब र घरायसी प्रयोगमा आउने म्याट उत्पादन गर्ने उद्योगको लक्ष्य रहेको उहाँले बताउनुभयो । विश्वमा रबर दुई किसिमले उत्पादन हुन्छ । पेट्रोलियम खनिज पदार्थलाई प्रशोधन गरेर र रबरको बिरुवा रोपेर रबर उत्पादन हुँदै आएको छ । 

बिरुवा रोपेर उत्पादन हुने रबर प्राकृतिक हुने भएको हुँदा यसको विश्वभरि उच्च माग छ । यातायातका साधन साइकलदेखि हवाइजहाजको टायर र ट्युब बनाउन पनि रबरको आवश्यकता पर्दछ । नेपालले बर्सेनि अर्बौंको रबर आयात गर्दै आएको छ । तर रबर खेती र यसमा आधारित उद्योग खुल्दै जाने हो भने ठूलो मात्रामा आयात प्रतिस्थापित हुने सम्भावना रहेको छ । गर्मी क्षेत्रमा रबरको बोट हुर्किन्छ । यसको फेदबाट दूधजस्तो चोप निकालेर सङ्कलन गरिने र सङ्कलित चोपलाई प्रशोधन गर्दा प्राकृतिक रबर उत्पादन हुने गर्दछ । 

नेपालमा गोरखकाली रबर उद्योगले झापामा उत्पादित केही रबर विगतदेखि खरिद गर्दै आएको थियो तर उद्योग नै धराशायी बनेपछि किसानले रबरका पाप्रा बनाएर भारतमा बेच्दै आएका थिए । कनकाई रबर इन्डस्ट्रिजले अब किसानले बगानमै उत्पादन गरेको कच्चा चोप खरिद गरी लैजाने भएको छ । झापामा उत्पादन हुने सबै चोप खरिद गरिने उद्योगका सञ्चालक सापकोटाले बताउनुभयो ।

झापामा सामुदायिक बन, एग्रो फरेस्ट्रीलगायतका संस्थाले धेरै जग्गामा रबर खेती गरेका छन् भने करेसाबारीमा १० बोटदेखि दशौँ बिघा जग्गामा हजारौँ बोट रबर हुर्काउने किसानको सङ्ख्या झापामा सयौँ रहेको छ । किसानले खेती नहुने पाखो र बगर जग्गामा रबर लगाएर प्रति बिघा रु चार लाखसम्म वर्षेनी आम्दानी गर्दै आएका छन् । रबरको चोप मात्र नभएर यसका दाउरा र काठ महँगोमा बिक्री हुने गरेको छ भने रबर खेती लगाएको स्थानमा मौरीपालन फस्टाउने गर्दछ ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनले झापाको बुद्धशान्ति गाउँपालिकाको वडा नं ८ लाई रबर ग्राम घोषणा गर्दै नमूना रबर खेतीका लागि सहयोग पुर्याउने भएको छ । एग्रो टुरिज्मको अवधारणाबमोजिम बुद्धशान्तिमा नमूनाको रुपमा रबर ग्राम परियोजना सुरु गरिएको रबर ग्रामका सचिव सीताराम बाँस्तोलाले बताउनुभयो । फाउन्डेसनले भारतबाट उन्नत जातको बिरुवा ल्याएर किसानलाई बाँड्ने र प्राविधिक सहयोग पुर्याउने उहाँले भनाइ छ । रबर ग्राममा साना किसानलाई समेटिने र लघु उद्योग सञ्चालन गरी नोट बाँध्ने रोल रबर र इरेजर उत्पादन गरिने उहाँले जानकारी दिनुभयो । फाउन्डेसनले लघु उद्योग सञ्चालनका लागि प्राविधिक र आर्थिक सहयोग दिलाउने भएको छ ।

रबर बोटमा फल्छ भन्ने हेर्नका लागिसमेत रबर ग्राममा पर्यटक आकर्षित हुने सम्भावनालाई मध्यनजर गरेर घरबास सञ्चालनका लागिसमेत फाउन्डेसनले पहल गर्ने भएको छ । झापाको बाह्रदशीमा समेत अर्को रबर उद्योग स्थापनाको तयारी भइरहेको छ । रबरको उत्पादन बर्सेनि बढ्दै गएको हुँदा प्रशोधन उद्योग खुल्ने क्रम अझ बढ्ने सम्भावना छ । नेपालमा रबर खेतीको सम्भावना छ भनी पहिलो अनुसन्धान गर्ने विज्ञ तिलक भण्डारी हुनुहुन्छ । उहाँले रबर खेती शुरु भएको तीन दशकपछि झापामा उद्योग स्थापना हुनु निकै ढिलो भए ता पनि खुशी मान्नुपर्ने बताउनुभयो ।

नेपालकै पहिलो रबर उद्योग गोरखकाली रबर उद्योग हो । गोरखामा रबर खेती नफष्टाएपछि उक्त उद्योगले झापाको कच्चा पदार्थमा निर्भर हुनुपरेको थियो । पछि विभिन्न कारणले गोरखकाली रबर उद्योग धराशायी हुन पुग्यो । ‘‘अब किसानको उत्पादनले जिल्लाभित्रै बजार पाउने भयो”, रबर खेती विज्ञ भण्डारीले भन्नुभयो–“झापामा खाली र बगर जग्गा थुप्रै छ, त्यहाँ खेती विस्तार गर्न सके देशकै लागि फाइदा हुन्छ ।” 

झापाको माइपश्चिम क्षेत्रमा राजमार्गभन्दा उत्तरी इलाकामा रहेको रतुवामाई वृक्षरोपण आयोजनामा रबर खेती लगाउने हो भने मुलुक रबरमा आत्मनिर्भर बन्न सक्ने देखिएको छ । आयोजनाको हजारौँ हेक्टर जग्गा खाली छ भने सिसौ, मसलाजस्ता कमसल रुख हुर्काउनुको साटो रबर खेती लगाउनुपर्नेमा राज्यको ध्यान आकृष्ट हुनु पर्ने कनकाई रबर इन्डस्ट्रिजका सञ्चालक बालकृष्ण सापकोटाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई