कमल रावल | साउन २२, अछाम | कालिका गाबिसमा विनियोजित बजेटलाई सहि कार्यान्वयन गराउनका लागि आफनो आफनो तर्फ सहयोग गर्ने सरोकारवाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | साउन २२, अछाम | कालिका गाबिसमा विनियोजित बजेटलाई सहि कार्यान्वयन गराउनका लागि आफनो आफनो तर्फ सहयोग गर्ने सरोकारवाल"/>
२०८२, १६ चैत्र सोमबार
अछाम - ACM

विनियोजित बजेटलाई सहि कार्यान्वयन गराउन सरोकारवालाको प्रतिबद्धता

२०७३, २२ श्रावण शनिबार १५:४९

कमल रावल | साउन २२, अछाम | कालिका गाबिसमा विनियोजित बजेटलाई सहि कार्यान्वयन गराउनका लागि आफनो आफनो तर्फ सहयोग गर्ने सरोकारवालाले प्रतिबद्धता जनाएका छन । 

गाबिसको आर्थिक वर्ष २०७२।०७३ को विनियोजित खर्चको कार्यान्वयन र प्रभावकारीताको विषयमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागिले राज्यको बजेट विनियोजित गराएर मात्र प्रभावकारी रुपमा खर्च हुनु पर्नेमा जोड दिएका थिए । कालिका गाबिसमा विकास निर्माण लगाएत लक्षित वर्ग कृषि, दलित, वालवालिका, महिलाका क्षेत्रमा राज्यको निति तथा नियम अनुसार विनियोजित हुने गरे पनि सहि सदुपयोग हुन नसकेको सहभागिले गुनासो गरेका थिए । सहभागिले जसको पहुच त्यहाँ सम्म पुग्छ त्यो व्यक्तिले मात्र फाईदा उठाएको बताएका थिए । कार्यक्रममा गाबिसको चालु तर्फको ४ लाख ६३ हजार र पुँजीगत तर्फको १७ लाख ८९ हजार ३ सय ७ गरि जम्मा २२ लाख ५२ हजार ३ सय ७ बजेटको समिक्षा गरिएको थियो । गाबिसको लक्षित वर्गले पाउने कृषिको १५ प्रतिशत २ लाख ५३ हजार ८ सय ७२, दलितको १५ प्रतिशत २ लाख ५३ हजार ८ सय ७२, महिलाको १० प्रतिशत १ लाख ६९ हजार २ सय ४८ र वालवालिकाको १५ प्रतिशत २ लाख ५३ हजार ८ सय ७२ राज्यको निति अनुसार नै विनियोजित भएको पाईएको छ । महिला क्षेत्रको ५० हजार र ग्रामिण सडक निर्माणका लागि वनियोजित ३५ हजार यस वर्ष फ्रिज गएकाले सहभागिले गुनासो गरेका थिए । आगामि दिनमा समयमै अनुगमन समितीले पनि सुझाव दिएर बजेट सहि सदुपयोगका लाग्नु पर्ने भनाई राखेका थिए । 

कार्यक्रममा नेपाली काग्रेसका गाउँ कार्य समिती सभापति राम बहादुर रावल, नेकपा एमालेका प्रेम बहादुर रावल, नेकपा माओवादि केन्द्रका गाउँ कमिटी अध्यक्ष तर्क टमट्टा, पुर्व गाबिस सचिव डम्मर सिँह रावलले बजेट सहि कार्यान्वयनका लागी स्थानियले पनि नियमित खबरदारि गरिरहनु पर्ने बताएका थिए । राज्यको बजेट गाँउको विकासका लागि नै विनियोजित हुने भएकाले यसको लाभ सबैले पाउनु पर्ने भएकाले विकास कागजमा नभई गाउमा देखिनु पर्ने बताएका थिए । कार्यक्रममा गाबिस सचिव एँव अध्यक्ष शोमा देवि थापामगरले गाबिसको बजेट सहि सदुपयोगका लागी गाबिसले केहि गर्न नसक्ने भएकाले गाबिसका राजनितिज्ञ तथा सरोकारवालाले कार्यान्वयनका लागी लाग्नु पर्नेमा जोड दिनु भएको थियो । राज्यको निति अनुसार आफुले काम गरिरहेकाले यसपालि कालिका गाबिसको झण्डै ८५ हजार रकम फ्रीज जानुमा सम्बन्धीत क्षेत्रको ढिलाईका कारण भएकाले आगामि दिनमा यस्ता कमी कमजोरि सुधार्दै लैजाने बताउनु भएको थियो ।

कार्यक्रममा फियान नेपालका कार्यक्रम संयोजक धुव्र सुनार, दलित सेवा सँघका कार्यक्रम संयोजक प्रकाश ताम्राकार, मालिका विकास संघका केशर रावल, रुडेक नेपालका पदम ओलीले कालिका गाबिसमा लक्षित वर्गको क्षेत्रमा राज्यको निति अनुसार विनियोजित भएतापनि खर्च गर्न कार्यलाई सुधार्नु पर्ने बताएका थिए । कालिका गाबिसको आयोजना, फियान नेपाल, युरोपियन युनियन डान चर्च एडको प्राविधिक सहयोग तथा मालिका विकास संघ र दलित सेवा संघको कार्यान्वयनमा भएको कार्यक्रमको सहजिकरण रेडियो रामारोशनका कमल रावल र चन्द्र थापाले गर्नु भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना