ललित बोहरा | साउन २२, डडेल्धुरा | संघिय संरचना अनुरुप डडेल्धुरामा दुई नगरपालिका र दुई वटा गाउँपालिका गरी ४ वटा स्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | साउन २२, डडेल्धुरा | संघिय संरचना अनुरुप डडेल्धुरामा दुई नगरपालिका र दुई वटा गाउँपालिका गरी ४ वटा स्"/>
२६ पुष २०८२, शनिबार
अर्थ/विकास

संघिय संरचना अनुरुप डडेल्धुरामा प्रस्ताबित ४ स्थानिय तहमा स्थानियहरुको असहमति

२२ श्रावण २०७३, शनिबार १५:५९

ललित बोहरा | साउन २२, डडेल्धुरा | संघिय संरचना अनुरुप डडेल्धुरामा दुई नगरपालिका र दुई वटा गाउँपालिका गरी ४ वटा स्थानिय तह निर्धारण गरिने प्रारम्भिक खाका तयार पारिएको भएपनि स्थानियहरुले भने यसमा असहमति जनाएका छन । अमरगढी नगरपालिका, अजयमेरु, समैजी, असिग्राम र कोटेली गाविसका नागरिकहरुसँग जिल्ला विकास समितिको सभाहलमा आज गरिएको पहिलो छलफलका क्रममा सहभागिहरुले यस्तो असहमति जनाएका हुन ।

जिल्लाको भौगोलिक अवस्थिति, ऐतिहासिक भौगोलिक निरन्तरता र भौतिक पुर्वाधारहरुको बिशिष्टताले डडेल्धुरामा ४ वटा तहबाट बढाएर ७ वटा स्थानिय तह हुनु पर्ने माग गरेका हुन । सुझाव सङ्कलनका क्रममा सहभागिहरुका अनुसार २ वटा नगरपालिका र ५ वटा गाँउपालिका बनाउनुपर्नेमा जोड दिएका थिए ।स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति डडेल्धुराका संयोजक तथा स्थानिय बिकास अधिकारी पुरुषोत्तम ढकालले भने प्रस्ताबित खाकामा भुगोललाई पनि आधार मान्न सकिने बताएका छन । यसैबीच आज नै बगरकोट, रुपाल, भागेश्वर, देवलदिव्यपुर, चिपुर र भद्रपुर गाविसका नागरिक सँग बगरकोटमा समेत परामर्श गरिएको स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानिय विकास अधिकारी पुरुषोत्तम ढकालले बताएका छन ।    

जिल्लामा गाउँपालिका, नगरपालिका तथा बिशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारणका बिषयमा बहस गर्न स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति आज देखि ग्रामिण स्तरमा गएको हो । जसमा आइतबार परशुराम नगरपालिका, आलिताल र गाङ्खेत गाविसका नागरिकहरु सँग परशुराम नगरपालिकाको लालढुङ्गामा परामर्श गरिने र आइतबार नै बेलापुर, मणिलेक, नवदुर्गा, मष्टामाण्डौँ, कैलपालमाण्डौँ र गणेशपुर गाविसका नागरिक सँग नवदुर्गाको डाँडावनमा छलफल गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो