2026-10-14 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोजगारीका लागि साउदीबाट फर्किएर कृषि कर्ममा रमाउँदै जनप्रतिनिधि

गङ्गापराजुली । फागुन २६, इलाम । विसं २०५९ मा रोजगारीका लागि साउदी अरेबिया पुगेका इलामको सन्दकपुर गाउँपालिका–२ का गिरिराज खनालले घर फर्किएर कृषि कर्म थालेपछि मनग्ये आम्दानी गर्नुभएको छ । व्यावसायिक रुपमा फलफूलको नर्सरी राखेपछि खनालको आम्दानी बढेको मात्रै छैन गाउँका युवालाई रोजगारीको अवसर पनि दिनुभएको छ । 

विदेशमा गरिने मेहनतबाट देशमै गरे कृषि क्षेत्रबाट रोजगारी सिर्जना हुने देखेर घर फर्किएका खनालले शुरुमा बाख्रापालनबाट आफ्नो कृषि कर्मको शुरुवात गरेका थिए । सामाजिक सेवामा सक्रिय भएर बाख्रा  र कुखुरापालन गर्दै आएका खनाल गत स्थानीय निर्वाचनमा वडाध्यक्षमा निर्वाचित हुनुभयो । 

जनप्रतिनिधि भएपछि पनि उहाँले फलफूल र नगदेबालीको बिरुवा उत्पादन कार्यलाई निरन्तरता दिनुभयो । वडाध्यक्षमा निर्वाचित भएपछि बाख्रा र कुखुरापालन गर्न नभ्याउने भएपछि आफ्नो व्यवसायलाई परिवर्तन गर्नुभयो । उहाँ भन्नुहुन्छ, “अहिले फलफुल र नगदेबालीको बिरुवा बिक्रीबाट राम्रो आम्दानी भएको छ ।”  

सन्दकपुर–२ का वडाध्यक्ष रहेका गिरिराज खनालले वैदेशिक रोजगारीबाट फर्केर गरेको आम्दानी देखेर स्थानीय युवा पनि कृषि कर्ममा सक्रिय हुन थालेका छन् । विसं २०५९ मा रोजगारीमा घरबाट निस्किएका खनाल साउदी अरेबिया पुगेका थिए । वैदेशिक रोजगारीका क्रममा कृषि फर्ममा नै काम गर्ने अवसर पाएपछि खनालले देशमै केही गर्न सकिने बुझेर घर फर्किएको बताउनुभयो । ‘‘विदेशमा पनि घरमा दैनिकजसो गरिएका क्षेत्रमा नै रोजगारीका अवसर प्राप्त हुँदा रहेछन्’’, खनाल भन्नुहुन्छ,“हामीले विदेशमा बसेर दिनको १० घण्टा नेपालमै काम गरेमा देशमै रोजगारीका अवसरसँगै आम्दानी मनग्ये आम्दानी गरिनेरहेछ ।” खनालले आफू स्वरोजगारसँगै गाउँका युवालाई रोजगारीका अवसर पनि दिनुभएको छ । 

विदेशमा गरिने मेहनत देशमै गरे कृषि क्षेत्रबाट रोजगारी सिर्जना हुने देखेर घर फर्किनु भएका खनालले अहिले हरेक वर्ष २० लाख बढी आम्दानी गर्दै आएका छन् । ‘‘कुखुरा र बाख्रापालन गर्दागर्दै स्थानीय तहमा वडाध्यक्षको टिकट मिल्यो, चुनाव पनि जितियो उहाँ भन्नुहुन्छ,“विदेशमा बस्दा फलफुल र तरकारीखेतीमै काम गरेकोअनुभवले गर्दा फलफुल र नगदेबालीको नर्सरी स्थापना गरी आफ्नो कृषि कर्मलाई निरन्तरता दिएको छु ।” 

बिहान बेलुकी आफैँ नर्सरीमा खट्ने खनालले पाँचजना स्थानीय युवालाई रोजगारी दिएका छन् । किबी, टिम्मुर, एबोकाडो, अलँैची, कागती, सुन्तला प्रजातिका बिरुवा उत्पादन हुने नर्सरीबाट आम्दानीसँगै रोजगारी पाएको स्थानीय चन्द्र खतिवडाले बताउनुभयो । रोजगारीसँगै कृषि क्षेत्रमा गर्नुपर्ने प्राविधिक ज्ञान पनि प्राप्त भएको छ, खतिवडा भन्नुहुन्छ,“शुरुमा नर्सरीमा किन नङ खियाउनु जस्तो लाग्थ्यो अहिले गर्दै जाँदा आम्दानीका स्रोतसँगै आफ्नो बारीमा किबीखेती रोपी  आम्दानी गर्न थालेका छौँ ।” 

पूर्वी नेपालका पहाडी जिल्लामा व्यावसायिक रुपमा खेती हुने अलँैचीको बिरुवा खनालको नर्सरीबाट वार्षिक १० लाखको सङ्ख्यामा बिक्री हुन्छ । सरकारले सन्दकपुर गाउँपालिकालाई किबी जोन बनाएपछि उहाँको नर्सरीमा किबीका बिरुवाको माग बढी छ । कागती, अचार खाने टिम्मुर सुन्तलाका बिरुवा १० लाखको सङ्ख्यामा वार्षिक बिक्री हुने गरेको छ । सन्दकपुर–२ का वडाध्यक्ष रहेका खनालको नर्सरीको आम्दानी देखेर स्थानीयवासीलाई पनि कृषि तथा पशुपालन क्षेत्रमा काम गर्ने प्रेरणा मिलेको स्थानीय बताउँछन् । हरेक वर्ष ३० लाख बिरुवा बिक्री गर्ने खनालको नर्सरी तीन वटा टनेलमा राखिएको छ । एक टनेलबाट खर्च कटाएर सात लाख आम्दानी हुने गरेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश