साउन २७, काठमाडौँ । नवनियुक्त आपूर्तिमन्त्री दीपक बोहराले कालाबजारीलाई तत्काल कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्ध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २७, काठमाडौँ । नवनियुक्त आपूर्तिमन्त्री दीपक बोहराले कालाबजारीलाई तत्काल कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्ध"/>
१९ माघ २०८२, आईतवार
अर्थ/विकास

‘कालाबजारीलाई कडा कारबाही’ – मन्त्री बोहोरा

२७ श्रावण २०७३, बिहीबार १५:२४

साउन २७, काठमाडौँ । नवनियुक्त आपूर्तिमन्त्री दीपक बोहराले कालाबजारीलाई तत्काल कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पदबहालीपछि आज मन्त्रालयका कर्मचारीलाई निर्देशन दिने क्रममा उहाँले बजार अनियन्त्रित भएकै कारण जनता महँगीको मारमा परेको बताउँदै जनताको दैनिक जीवनमा प्रत्यक्ष सरोकार राख्ने कामलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो । 

नवनियुक्त भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले पनि आजै पदबहाली गर्नुभएको छ । सो अवसरमा मन्त्री पाण्डेले नेपालमा भूमि तथा जमिनको व्यवस्थित वितरण हुन नसकेकाले त्यसको उत्पादकत्वमा ह्रास आएको बताउँदै भूमिको क्षेत्रलाई व्यवस्थित गर्न विज्ञको सुझाव लिइने जानकार दिनुभयो । पाण्डे राप्रपाका नेता हुनुहुन्छ । 

यसैबीच नवनियुक्त जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले पनि आज पदबहाली गर्दै राष्ट्रसेवक कर्मचारीलाई जनताको सेवालाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार