2026-10-03 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘प्रदेश नं १ को बजेटमा पूर्वाधार विकासलाई प्राथमिकता’

जेठ २२, ओखलढुङ्गा | प्रदेश नं १ सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर आगामी वर्षको बजेट ल्याउने तयारी भइरहेको बताउनुभएको हो । 

गृह जिल्ला आउनुभएका उहाँले रासससँग कुरा गर्दै प्रदेश नं १ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि करीब रु ३४ अर्बको हाराहारीकोे प्रादेशिक बजेट ल्याउने तयारी गरेको बताउनुभयो । चालु आर्थिक वर्षको भन्दा सानो आकारको बजेट ल्याउने र त्यसलाई पूर्ण कार्यान्वयन गर्ने सरकारको लक्ष्य रहेको मन्त्री गुरुङको भनाइ छ ।

उहाँले विगतका अधुरा योजना सम्पन्न गर्न, क्रमागत योजनालाई निरन्तरता दिन र थप गौरवका नयाँ आयोजना समेटेर लोकप्रिय बजेट ल्याउने तयारीमा प्रदेश सरकार जुटेको बताउनुभयो । कोरोना सङ्क्रमण रोकथाममा सरकार केन्द्रित हुनुपर्ने भए पनि विकास बजेट नघटाई ल्याउने उहाँको भनाइ छ । 

“महामारीका रुपमा रहेको कोरोना सङ्क्रमण नियन्त्रण तथा सङ्क्रमितको उद्धार र उपचारमा सरकारले बढी ध्यान दिनुपर्ने अवस्था छ, तर कोरोनाको कारणले प्रदेशको भौतिक विकास अवरुद्ध हुँदैन”, मन्त्री गुरुङले भन्नुभयो, “विगतमा शुरु भएका योजना सम्पन्न गर्ने र बजेट नपुगेर रोकिएका योजना अघि बढाएर प्रदेश सरकारको प्रगति देखाउने बजेट पनि हो यो, गौरवका योजना अघि बढाउने लक्ष्य पनि छ, समग्रमा भन्दा यो वर्षको बजेट सबै क्षेत्र र वर्गलाई समेटेर आउँछ ।” 

मन्त्री गुरुङले आगामी आर्थिक वर्षको बजेटमा बहुवर्षीय योजना धेरै समावेश नहुने भए पनि केही लोकप्रिय कार्यक्रम थपिने र स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई समेटेर बजेट आउने बताउनुभयो । उहाँले बजेटको मार्गदर्शन तथा सिलिङ सबै मन्त्रालयलाई उपलब्ध भइसकेको र मन्त्रालयले तय गर्ने बजेटको सिलिङमा कम्तीमा पनि बजेटको ४० प्रतिशत पूर्वाधारमा अनिर्वाय गरिएको जानकारी दिनुभयो । 

उहाँले प्रदेशको आवधिक योजना, सरकारको नीति तथा कार्यक्रम, दिगो विकासको लक्ष्य, राजश्व परामर्श समितिले दिएको सुझावसमेत समेटेर बजेटको तयारी भइरहेको बताउनुभयो । भौतिक पूर्वाधार विकास मन्त्रालयमा करीब रु १६ अर्ब हाराहारीको बजेट सिलिङ छ । 

प्रदेशमा बजेटको तयारी भइरहेका बेला कोरोना रोकथामका स्वास्थ्य सामग्री लिएर जिल्ला आउनुभएका गुरुङले विकास निर्माणका कामको समेत अनुगमन गरिरहनुभएको छ । उहाँले पहुँचका भरमा झ्यालबाट योजना छिराउने चलनको अन्त्य गरेको जिकिर गर्नुभयो । यसअघि विगतका मन्त्रिपरिषद्का अर्थमन्त्रीले बजेटमा बेथिति ल्याएकाले कार्यान्वयन गर्न समस्या भएको उल्लेख गर्दै मन्त्री गुरुङले अबको बजेट पूर्ण कार्यान्वयन हुने बताउनुभयो । 

कोरोनाको महामारीका कारण प्रदेश सरकारले यस वर्ष प्री–बजेट माथिको छलफल नगर्ने भएको छ । आगामी असार १ गते सार्वजनिक हुने बजेटमाथि १५ दिनअगावै सदनमा प्री–बजेटमाथि छलफल गर्ने व्यवस्था छ । कोरोना सङ्क्रमणको जोखिमलाई देखाउँदै प्रदेश सरकारले प्री–बजेटमाथिको छलफल नगरी बजेट ल्याउने तयारी गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने