साउन २८, काठमाडौं । एनएमबी बैंकले विद्यार्थीहरुलाई शैक्षिकक प्रमाणपत्र धितो राखेर थप अध्ययनका लागि शैक्षिक कर्जा दिने भएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २८, काठमाडौं । एनएमबी बैंकले विद्यार्थीहरुलाई शैक्षिकक प्रमाणपत्र धितो राखेर थप अध्ययनका लागि शैक्षिक कर्जा दिने भएको छ "/>
२०८२, १६ चैत्र सोमबार
अर्थ/विकास

प्रमाणपत्र धितोमा राखेर ऋण दिने ब्यबस्था एनएमबी बैंकबाट सुरुवात

२०७३, २८ श्रावण शुक्रबार ११:५३

साउन २८, काठमाडौं । एनएमबी बैंकले विद्यार्थीहरुलाई शैक्षिकक प्रमाणपत्र धितो राखेर थप अध्ययनका लागि शैक्षिक कर्जा दिने भएको छ । बैंकले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हिमालय कलेज अफ इन्जिनियरिङ ललितपुरमा स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई प्रमाणपत्र धितो राखेर शैक्षिक कर्जा दिने भएको हो ।

शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धमा एनएमबी बैंक र हिमालय कलेजबीच शुक्रबार सम्झौता भएको हो । यो सम्झौतासँगै हिमालय कलेजमा इन्जिनियरिङमा स्नातक अध्ययन गर्न चाहने जेहेन्दार विद्यार्थीले शैक्षिक शुल्कको ४० देखि ८० प्रतिशत सहुलियतपूर्ण कर्जा पाउने भएका छन् ।

बैंकका अनुसार शैक्षिक कर्जाको अवधि ४ वर्षको हुने र अध्ययनमा उत्कृष्टता, लगनशीलता र विश्वसनीयताका आधारमा बैंकले अर्को चार वर्षका लागि किस्ताबन्दीमा ऋण तिर्न सक्ने सुविधा प्रदान गर्नेछ । यसरी शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा लिने विद्यार्थीहरुले आर्थीक अवस्था हेरी बैंकलाई बार्षिक ५ देखि ८ प्रतिशत ब्याज तिरे पुग्छ ।

सरकारले चालू आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउने घोषणा गरेको थियो । बैंकहरुले यस्तो ऋण दिन नसकिने बताइरहेका बेला एनएमबी बैंकले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा