२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बजेटमा सुरुङमार्ग : सर्वसाधारणमा तरङ्ग

२०७८, ३ असार बिहीबार ०४:३९

असार ३, बलेवा (रासस)। गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको बजेट कार्यक्रम सार्वजनिक गर्दा बागलुङमा तीन ठूला आयोजना सञ्चालन गर्ने भनेर आशा जगायो । मध्यपहाडी लोकमार्गमा सुरुङमार्ग, अर्नाकोट विमानस्थल र धौलागिरि अस्पताललाई ट्रमा सेन्टरमा स्तरवृद्धि गर्ने योजना बजेटमा परे । 

सुरुङ र विमानस्थलको सम्भाव्यता अध्ययन गर्ने भनिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्र्तगत काठेखोला गाउँपालिकाको बिहुँको अक्षेतेदेखि गलकोट नगरपालिकाको नरेठाँटी वा हटिया जोड्ने गरी सुरुङमार्ग बनाउन अध्ययन गर्न बजेट विनियोजन भएको छ । लोकमार्गअन्तर्गत गण्डकी प्रदेशमा पर्ने यो दोस्रो सुरुङमार्ग हो । कास्कीको फेदीदेखि पर्वतको नयाँपुलसम्म सुरुङमार्ग निर्माणका लागि आउँदो वर्ष अध्ययन गर्न सङ्घीय सरकारले बजेट विनियोजन गरिसकेको छ ।

काठेखोलाको अक्षतेदेखि बिहुँ घोडाबाँधेहुँदै गलकोटको हटिया निस्किन ३८ किलोमिटर यात्रा गर्नुपर्छ । नरेठाँटी पुग्न ३५ किमी दूरी छ । यहाँ सुरुङमार्ग बने झण्डै पाँच किमीको सुरुङमार्ग बन्ला भन्ने स्थानीयवासीको आकलन छ । भूगोलको वास्तविक अवस्था, सडक र सुरुङको दूरी तथा त्यसका लागि हुने खर्चको विवरण भने अध्ययनले तयार गर्नेछ ।

सुरुङमार्ग अध्ययनका विषयमा स्थानीय तह पनि सकारात्मक छन् । “सम्भाव्यताको खोजी हो, हुने नहुने कुरा अध्ययनले भन्ला”, काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले भन्नुभयो, “काठेखोलाको ‘मुभमेन्ट’ घट्छ, मध्यपहाडीको हिसाबले यो सकारात्मक छ ।” उहाँले सम्भाव्यता अध्ययन र नतिजाका आधारमा समयमा काम हुनुपर्नेमा जोड दिनुभयो । 

बजेटमा सुरुङमार्गको विषय प्रवेशले सर्वसाधारणमा पनि आशा जगाएको छ । “बजेटमा अध्ययनको विषय पर्नु खुसीको कुरा हो, अहिले नै नबन्ला तर बन्यो भने पश्चिम बागलुङको बाटो निकै छोटो हुन्छ” ढोरपाटन नगरपालिका–१ बुर्तिबाङका स्थानीयवासी चिन्तामणि शर्मा भन्नुहुन्छ, “घुमाउरो यात्रा सोझो हुन्छ ।”

 छब्बीस वर्षअघि ट्र्याक खोल्न शुरु भएको बागलुङ–बुर्तिबाङ मध्यपहाडी लोकमार्गमा स्तरोन्नति भएपछि स्वरूप फेरिएको छ । बागलुङ बजारदेखि बुर्तिबाङ बजारसम्मको ९१ किलोमिटर दूरी छोटो बनाउन यो मार्गले सहयोग पुग्ने अपेक्षा छ । घोडाबाँधेबाट बुर्तिबाङसम्म कालोपत्रे भएको लामो समय बितिसक्दा समेत बागलुङ घोडाबाँधे खण्डको २७ किलोमिटर सडक कालोपत्रे छैन । सडककै अवस्था हेर्दा सुरुङमार्ग बन्छ भन्नेमा स्थानीयवासी ढुक्क भने छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ