असार ३, काठमाडौं । सुनको मूल्य विहीबार तोलामा ११ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार विहीबार सुनको बजार मूल्य प्रतितोला ९२ हजार रुपैयाँ निर्धारण भएको छ ।
बुधवार तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलामा ६० रुपैयाँले घटेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार ३ सय ४० रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा विहीबार सुन प्रतिऔंस १८२०. ९३ डलर र चाँदी प्रतिऔंस २७. ११ डलरमा कारोबार भएको छ।