१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मेलम्ची नगरपालिकालाई कामपाको रु दुई करोड सहयोग

३ असार २०७८, बिहीबार १०:१८

असार ३, काठमाडौँ (रासस)। काठमाडौँ महानगरपालिकाले राहत तथा उद्धारका लागि मेलम्ची नगरपालिकालाई रु दुई करोड सहयोग गर्ने घोषणा गरेको छ ।

आज नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त घोषणा गर्नुभएको हो । गत मङ्गलबार मेलम्ची नदीमा आएको बाढीले गरेको धनजनको क्षतिपछिको राहत तथा उद्धारका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख शाक्यले जानकारी दिनुभयो । मेलम्ची काठमाडौँ महानगरसँग भगिनी सम्बन्ध स्थापित नगर हो ।

उक्त नगरलाई यसअघि पनि नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत कामपाले  मेलम्चीको वडा नं १० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकूद कक्षसहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी उद्यान निर्माणका लागि रु एक करोड ५० लाख रकम अनुदान दिने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह