१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डिडिसीको ६० हजार लिटर घ्यू निर्यात

८ श्रावण २०७८, शुक्रबार ०६:१३

साउन ८, काठमाडौं । नेपाल सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थानको हेटौँडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित ६० हजार लिटर घ्यू यस वर्ष निर्यात भएको छ । आर्थिक वर्ष २०७७/७८ मा दक्षिण कोरिया, जापान र अष्ट्रेलियामा सो घ्यू निर्यात भएको आयोजना प्रमुख नरेश जोशीले जानकारी दिनुभएको छ । हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित उक्त आयोजनाबाट आधा लिटरको बट्टामा विसं २०७७ वैशाखदेखि घ्यू निर्यात शुरु भएको बताइएको छ । एक पटकमा सातदेखि आठ हजार लिटर घ्यू निर्यात हुने गरेको छ ।

घ्यूको माग अत्यधिकरूपमा बढ्दै गएको आयोजना प्रमुख जोशीको भनाइ छ । विसं २०३० वैशाखमा डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा स्थापना भएको उक्त आयोजनाबाट दैनिक २५ हजार लिटर दूध मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीबाट सङ्कलन भइरहेको छ । त्यस्तै आयोजनाले छ हजार दुग्ध कृषक घरपरिवारको १६४ दुग्ध उत्पादक सहकारी संस्था र सात चिस्यान केन्द्र मार्फत आव २०७७/७८ मा ५८ लाख लिटर दुग्ध खरिद गरी रु ३२ करोड भुक्तानी गरेको जनाएको छ । त्यहाँबाट उत्पादित दूध, दही, पनिर, आइसक्रिम र पेडालगायतका सामग्री वीरगञ्ज, हेटौँडा र नारायणघाटमा थोक तथा खुद्रा पसलमा बिक्री हुने गरेको छ ।

उक्त आयोजनाअन्तर्गत सातवटा दुग्ध चिस्यान केन्द्र क्रमशः चन्द्रनिगाहपुर, गरुडा, नवलपुर, वरहथवा, हरैया, वसवरिया र स्रिम्रोनगढमा रहेको छ । यसका साथै मकवानपुरलगायत अन्य जिल्लाको दुग्ध उत्पादक सहकारी संस्थाहरुबाट समेत दुग्ध सङ्कलन हुने गरेको आयोजनाका सूचना अधिकारी ठाकुरदास श्रेष्ठको भनाइ छ ।

औद्योगिक क्षेत्रअन्तर्गत ३८ रोपनी जग्गामा रहेको उक्त आयोजनाको दूध प्रशोधन क्षमता प्रतिघण्टा तीन हजार लिटर रहेको छ । आयोजनाबाट दही, पनिर, घ्यू, मख्खन, फ्रेसमिल्क, लालमोहन र रसभरी, आइसक्रिम, प्रशोधित क्रिम, पेडा तथा खुवालगायतका दुग्ध पदार्थ उत्पादन भई बिक्री हुने गरेको छ । आयोजनाले आवश्यकतानुसारको दूध खपत गरी बढी भएको दूध केन्द्रीय कार्यालय बालाजुलगायत अन्य आयोजनामा पठाउने गरेको बताइएको छ । आयोजनाको प्रतिदिन ६० हजार लिटर दूध भण्डारण क्षमता रहेको र त्यहाँ दही उत्पादन क्षमता प्रतिदिन तीन हजार लिटर तथा घ्यू, मख्खन र पनिर उत्पादन क्षमता ५०० केजी प्रतिदिन रहेको छ ।

त्यस्तै फ्रेसमिल्क एक हजार ५०० बोतल प्रतिसिफ्ट, पेडा ३६० प्याकेट प्रतिदिन र लालमोहन ९०० प्याकेट प्र्रतिदिन उत्पादन हुने गरेको आयोजनबाट उपलब्ध तथ्याङ्कमा जनाइएको छ । एक सय १७ कर्मचारी रहेको सो आयोजनाअन्तर्गत तीनवटा डिस्ट्रिब्युटर, २८ डिलर र १९७ बिक्री बुथ रहेको छ । हाल आयोजनाको हातामा १०० मेट्रिक टन क्षमता भएको बटर कोल्ड स्टोर निर्माण गरिएको छ । वाग्मती प्रदेश दुग्ध विकास वार्डको साझदारीमा उक्त स्टोर निर्माण गरिएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह