प्रकाश बम | साउन ३१, डोटी । वर्षातका कारण डोटीका अधिकांश ग्रामीण क्षेत्रका सडकहरु बन्द भएका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश बम | साउन ३१, डोटी । वर्षातका कारण डोटीका अधिकांश ग्रामीण क्षेत्रका सडकहरु बन्द भएका"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ग्रामिण सडकको हरिबिजोग, उपभोक्ता दोहोरो मर्कामा

२०७३, ३१ श्रावण सोमबार १०:५४


प्रकाश बम | साउन ३१, डोटी । वर्षातका कारण डोटीका अधिकांश ग्रामीण क्षेत्रका सडकहरु बन्द भएका छन् । जिल्लाका दुईवटा निर्वाचन क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रका अधिकांश सडकहरु वर्षातले बिगारेपछि बन्द भएका हुन् । घाम लागेपछि केही ग्रामीण क्षेत्रमा भने जोखिम मोलेर भएपनि पिकअप जिप संचालन भइरहेका छन् । चालकहरु ज्यान हत्केलामा राखेर गाडी चलाउन बाध्य छन् । दुर्घटनाको जोखिम निकै छ ।  

ग्रामीण क्षेत्रका कच्ची सडकहरु वर्षातको पानीले खोल्ने तथा सडक माथीबाट पहिरो जाने गर्नाले सवारी साधनहरु चलाउन गाह्रो भएको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष गणेश मलासिले बताए । दिपायल देखि धुरकोट र  लडागडा सम्म समितिले जिप चलाउन अनुमति दिएको र अन्य चलिरहेका दिपायल देखि मौवा र वायलसम्म आफ्नो हिसाबले जोखिम मोलेर जिप सञ्चान भइरहेका शैलेश्वरी क्षेत्र विकास समितिका कार्यलाय प्रमुख हकै महराले बताए । 

साग्रामिण सडक बिग्रिएपछि  सदरमुकाममा मात्र जिप चलाएर चालकको पारिश्रमिक तिर्न गाह्रो भएको जिप संचालक कैलाश बमले बताए । दिपायल सिलगढीमा अहिले जिपहरु बढी भएकाले एक दुई पटक ओहोर दोहोर गर्ने पालो आउने गरेको जिप चालकहरुले बताएका छन् । ग्रामिण सडकहरु अवरुद्धहुँदा कयौं चालक कामविहिन भएका छन् ।  

वर्षातको समय नढल्किए सम्म बाटो खुलाउन त्यचि उचित नरहेको स्थानीय विकाक अधिकारी कृष्ण गौतमले बताए । बाटो खुलाए पनि वर्षाले भत्काहाल्ने र दोहोरो खर्च मात्रै हुने स्थानिय विकास अधिकारी गौतमको भनाई छ । 

डोटीका ग्रामिण सडकमा पहिला जिपको पर्खाइमा घण्टौँ बस्ने यात्रुहरु यति बेला भने गाडी कुर्न छोडेका छन् । उनीहरु पैदल हिड्न थालेका छन् । ग्रामिण सडकमा सवारी साधन नचल्दा दैनिक उपभोग्य सामग्रीहरुको मूल्य आकाशिएको उपभोक्ताको गुनासो छ । सडक अवरुद्ध हुनेवित्तिकै उपभोग्य बस्तुको मूल्यमा उतार चढाव आइहाल्ने उपभोक्ताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री