2026-10-03 02:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अलैँचीको बजार मूल्यमा उत्साह

भदौ २५, फुङ्लिङ (रासस)। ताप्लेजुङमा गत हप्तादेखि नयाँ मुल्यमा अलैँची खरिद बिक्री सुरु भएको छ । अलैँचीको नयाँ उत्पादन (फसल) बजारमा आउन थालेसँगै कारोबार मूल्य सन्तोषजनक भएकाले किसान तथा व्यवसायीमा उत्साह थपेको हो ।

पछिल्ला केही वर्षयता अलैँचीको मूल्य निरन्तर घटिरहेको अवस्थामा यस वर्ष सुरुमै सोचेभन्दा राम्रो मूल्य आएको बताइएको छ । केही हप्ता अघिदेखि स्थानीय बजारमा निस्कन थालेको अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) रु ३२ देखि ३५ हजारसम्ममा कारोबार भइरहेको छ । हाल स्थानीय बजारमा कारोबार हुन थालेको मूल्य अपेक्षा गरेभन्दा राम्रो भएकाले अलैँची किसान तथा व्यवसायी दुवैलाई उत्साहित बनाएको हो ।

जिल्लाकै प्रमुख नगदेबालीका रूपमा रहेको अलैँचीको नयाँ उत्पादनको मूल्य गत वर्षभन्दा यस वर्ष रु १२ देखि १४ हजार बढीमा कारोबार भएको सदरमुकाम फुङ्लिङ बजारका स्थानीयवासी व्यवसायी दिनेश अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार गत वर्ष नयाँ अलैँची बजारमा कारोबार हुन थाल्दा प्रतिमन रु २० देखि २२ हजार मात्र मूल्य थियो । यस वर्ष सुरुमा आएको अलैँची मूल्यले किसान तथा व्यवसायी दुवैलाई सन्तुष्ट बनाएको अधिकारीको भनाइ छ ।

फुङ्लिङ बजारकै अर्का व्यवसायी भद्र रेग्मीले पनि यस वर्षको अलैँची मूल्यले सधैँ निराशा खेप्दै आएका किसान तथा व्यवसायीलाई उत्साहित बनाएको बताउनुभयो । विगतका वर्षमा प्रतिमन रु २० देखि २२ हजारमा कारोबार हुँदै आएको अलैँची यस वर्ष सुरुमै प्रतिमन करिब रु १५ हजार बढीमा कारोबार हुनु भनेको धेरै राम्रो मूल्य भएको व्यवसायी रेग्मीको भनाइ छ । यसरी सुरुमा नै राम्रो मूल्य आएकाले सिजनसम्म नै राम्रो मूल्य आउने जिल्लाका किसान तथा व्यवसायीले अपेक्षा राखेका छन् ।

यता यस वर्ष अलैँची उत्पादन भने ह्वात्तै घटेको किसानले बताएका छन् । अहिले औल क्षेत्रको अलैँची निस्कन थालेको र औल क्षेत्रमा विगतको तुलनामा आधाभन्दा धेरै उत्पादन घटेको फुङ्लिङ नगरपालिका–१ का किसान मकरजङ लिम्बूले बताउनुभयो । लिम्बूका अनुसार यस वर्ष औल क्षेत्रमा सबैतिर अलैँची नफलेकाले उत्पादन घटेको छ । लेकाली क्षेत्रमा भने अलैँची फल राम्रै लागेको किसानले बताएका छन् । लेकाली क्षेत्रको अलैँची भने कात्तिकदेखि मङ्सिरसम्ममा निस्कने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने