१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आगलागीपछि पुनः सञ्चालनमा आयो नेबिको बिस्कुट

७ आश्विन २०७८, बिहीबार ०६:०८

असोज ७, काठमाडौँ (रासस)।आगलागी भएको ४४ दिनपछि नेबिको बिस्कुटले पुनः उत्पादन सुरु गरेको छ । गत साउन २३ गते बालाजुस्थित उद्योगमा पूर्णरूपमा क्षति भएको नेबिकोले छोटो समयमा नै उत्पादन सुरु गरेको हो ।

कम्पनीले आजदेखि औपचारिकरूपमा बालाजु प्लान्टबाट उत्पादन सुरु गरिएको जनाएको छ । कम्पनीका कार्यकारी निर्देशक राजेश रौनियारले राम्रो व्यवस्थापनका कारण आगलागीबाट पूर्णरूपमा बन्द भएको उद्योग सञ्चालमा ल्याउन सफल भएको जानकारी दिनुभयो ।  


“आगलागीबाट भएको क्षतिसँगै हामीले ५७ वर्ष इतिहास बोकेको उद्योगलाई जोगाउनुपर्छ भनेर रातदिन नभनी काम ग¥यौँ । व्यवस्थापनसँगै सम्पूर्ण कर्मचारीको साथ र सहयोगबाट नै उद्योग पुनःसञ्चालमा ल्याउन सफल भयौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार आजदेखि उत्पादन सुरु भए पनि दुई÷तीनदिनपछि मात्र उद्योगका उत्पादन बजार पठाइने छ । आजदेखि प्लान्ट सञ्चालमा आए पनि पूर्णरूपमा सञ्चालनमा आउन अझै केही दिन लाग्ने उहाँको भनाइ छ ।

विसं २०२१ मा बालाजुस्थित औधोगिक क्षेत्रमा नेपालकै पहिलो बिस्कुट उद्योगका रुरूपमा स्थापना गरिएको उद्योगमा आगलागी हुँदा भवनसँगै आवश्यक उपकरण जलेर नष्ट भएको थियो । रु १२ करोड बराबरका कच्चापदार्थ, एउटा मेसिन र एक कार्यालय भवन पूर्णरूपमा नष्ट भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव भट्टराईले जानकारी दिनुभयो । 

उहाँका अनुसार कम्पनीसँग रहेका दुई वटा मेसिनमध्ये हाल एक मेसिनको मर्मतसम्भार गरेर सञ्चालमा ल्याइएको हो । आगलागीअघि दैनिक दुई वटा प्लान्टबाट दैनिक २० देखि २२ टन उत्पादन गर्दै आएको बालाजु प्लान्टबाट अब १६ टन हाराहारी मात्र उत्पादन हुने अनुमान गरिएको छ । उहाँका अनुसार कम्पनीसँग रहेका दुई वटा मेसिनमध्ये एक मेसिन पूर्णरूपमा ध्वस्त हुँदा एउटाबाट दैनिक १६ टन उत्पादन हुने अनुमान गरिएको छ ।

बालाजु प्लान्टमा आगलागीपछि बजारको मागअनुसार भैरहवामा रहेको प्लान्टलाई २४सै घण्टा सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । “आगलागीपछि हामीलाई लामो इतिहास बोकेको उद्योेगको सान जोगाउने चुनौती थपियो । आर्थिक तथा मानसिक तनावमा त थियौँ, तर हामीसँग त्योभन्दा बढी इतिहास जोगाउनुपर्ने दबाबका कारण तीन समूहलाई कार्यविभाजन गरेर कामको जिम्मा लगायौँ”, उहाँले भन्नुभयो, “एक समूह बजारको मागअनुसार दैनिक १६ घण्टा सञ्चालनमा आएको भैरहवा प्लान्टलाई २४ घण्टा सञ्चालन गर्न लागि प¥यो । फलस्वरूप हामीले भैरहवा प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गरेर बजारको माग पूर्ति गर्न सफल भयौँ ।” नेबिको बिस्कुटले २०७४ सालमा भैरहवामा बन्द अवस्थामा रहेको उद्योगलाई खरिद गरेर प्लान्ट सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित