२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आगलागीपछि पुनः सञ्चालनमा आयो नेबिको बिस्कुट

२०७८, ७ आश्विन बिहीबार ०६:०८

असोज ७, काठमाडौँ (रासस)।आगलागी भएको ४४ दिनपछि नेबिको बिस्कुटले पुनः उत्पादन सुरु गरेको छ । गत साउन २३ गते बालाजुस्थित उद्योगमा पूर्णरूपमा क्षति भएको नेबिकोले छोटो समयमा नै उत्पादन सुरु गरेको हो ।

कम्पनीले आजदेखि औपचारिकरूपमा बालाजु प्लान्टबाट उत्पादन सुरु गरिएको जनाएको छ । कम्पनीका कार्यकारी निर्देशक राजेश रौनियारले राम्रो व्यवस्थापनका कारण आगलागीबाट पूर्णरूपमा बन्द भएको उद्योग सञ्चालमा ल्याउन सफल भएको जानकारी दिनुभयो ।  


“आगलागीबाट भएको क्षतिसँगै हामीले ५७ वर्ष इतिहास बोकेको उद्योगलाई जोगाउनुपर्छ भनेर रातदिन नभनी काम ग¥यौँ । व्यवस्थापनसँगै सम्पूर्ण कर्मचारीको साथ र सहयोगबाट नै उद्योग पुनःसञ्चालमा ल्याउन सफल भयौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार आजदेखि उत्पादन सुरु भए पनि दुई÷तीनदिनपछि मात्र उद्योगका उत्पादन बजार पठाइने छ । आजदेखि प्लान्ट सञ्चालमा आए पनि पूर्णरूपमा सञ्चालनमा आउन अझै केही दिन लाग्ने उहाँको भनाइ छ ।

विसं २०२१ मा बालाजुस्थित औधोगिक क्षेत्रमा नेपालकै पहिलो बिस्कुट उद्योगका रुरूपमा स्थापना गरिएको उद्योगमा आगलागी हुँदा भवनसँगै आवश्यक उपकरण जलेर नष्ट भएको थियो । रु १२ करोड बराबरका कच्चापदार्थ, एउटा मेसिन र एक कार्यालय भवन पूर्णरूपमा नष्ट भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव भट्टराईले जानकारी दिनुभयो । 

उहाँका अनुसार कम्पनीसँग रहेका दुई वटा मेसिनमध्ये हाल एक मेसिनको मर्मतसम्भार गरेर सञ्चालमा ल्याइएको हो । आगलागीअघि दैनिक दुई वटा प्लान्टबाट दैनिक २० देखि २२ टन उत्पादन गर्दै आएको बालाजु प्लान्टबाट अब १६ टन हाराहारी मात्र उत्पादन हुने अनुमान गरिएको छ । उहाँका अनुसार कम्पनीसँग रहेका दुई वटा मेसिनमध्ये एक मेसिन पूर्णरूपमा ध्वस्त हुँदा एउटाबाट दैनिक १६ टन उत्पादन हुने अनुमान गरिएको छ ।

बालाजु प्लान्टमा आगलागीपछि बजारको मागअनुसार भैरहवामा रहेको प्लान्टलाई २४सै घण्टा सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । “आगलागीपछि हामीलाई लामो इतिहास बोकेको उद्योेगको सान जोगाउने चुनौती थपियो । आर्थिक तथा मानसिक तनावमा त थियौँ, तर हामीसँग त्योभन्दा बढी इतिहास जोगाउनुपर्ने दबाबका कारण तीन समूहलाई कार्यविभाजन गरेर कामको जिम्मा लगायौँ”, उहाँले भन्नुभयो, “एक समूह बजारको मागअनुसार दैनिक १६ घण्टा सञ्चालनमा आएको भैरहवा प्लान्टलाई २४ घण्टा सञ्चालन गर्न लागि प¥यो । फलस्वरूप हामीले भैरहवा प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गरेर बजारको माग पूर्ति गर्न सफल भयौँ ।” नेबिको बिस्कुटले २०७४ सालमा भैरहवामा बन्द अवस्थामा रहेको उद्योगलाई खरिद गरेर प्लान्ट सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन