७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वर्षमा कति कमाउँदा राज्यलाई कति तिर्नुपर्छ कर ? हेर्नुहोस्

८ आश्विन २०७८, शुक्रबार ०५:३०

असोज ८, काठमाडौँ । व्यवसाय, रोजगारी वा कुनै आयआर्जन गरेपछि राज्यका हरेक नागरिकले सरकारलाई कुनै न कुनै रूपमा कर बुझाउनुपर्छ। जानाजान वा अनजानमा तपाईले कर नबुझाए सरकारी कारबाही तथा जरिवानामा पर्न सक्नुहुन्छ।

सरकारले पनि हरेक वर्ष व्यक्तिले गर्ने आयआर्जनमा लिने करको दायरा फरक गरिरहेको हुन्छ। व्यक्तिको आयआर्जन कर पनि राज्यले विभिन्न तवरबाट सङ्कलन गर्दै आएको छ। सोहीअनुरूप सरकारले पनि आर्थिक वर्ष २०७८/०७९ का लागि आयकरको दर निर्धारण गरिसकेको छ। निर्धारण भएको कर साउन १ गतेबाट लागू भएको छ ।

अविवाहितको हकमा (वार्षिक) लाग्ने आयकर- वार्षिक रु ४ लाख रुपैयाँसम्म कमाई गर्ने व्यक्तिको हकमा: १ प्रतिशतको दरमा ४ हजार रुपैयाँ । वार्षिक आम्दानी ४ लाख भन्दा बढी तर ५ लाख रुपैयाँ भन्दा कम भएको खण्डमा: सुरुको ४ लाखको १ प्रतिशत र बाँकी रहेको १ लाखको १० प्रतिशतका दरले बढीमा १४ हजार रुपैयाँ सम्म ।

५ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँसम्मको हकमा: सुरुको ४ लाखको १ प्रतिशतले ४ हजार त्यसपछिको १ लाखको १० प्रतिशतका दरले १० हजार र बाँकी रहेको २ लाखको २० प्रतिशतको दरले ४० हजार गरी ५४ हजार रुपैयाँसम्म ।

७ लाखदेखि २० लाख रुपैयाँसम्मको हकमा: ७ लाख रुपैयाँको यस अगाडी हिसाब गरेजस्तै ५४ हजार रुपैयाँ र बाकी रहेको १३ लाखको ३० प्रतिशतका दरले ३ लाख ९० हजार गरी कूल ४ लाख ४४ हजार रुपैयाँसम्म।

२० लाखभन्दा बढी आम्दानीको हकमा: २० लाख रुपैयाँसम्म यस अगाडी हिसाब गरिएजस्तै ४ लाख ४४ हजार रुपैयाँ र त्यसभन्दा माथिको रकममा ३६ प्रतिशतका दरले कर । विवाहितका हकमा – वार्षिक रु ४ लाख ५० हजार रुपैयाँसम्म कमाई गर्ने व्यक्तिको हकमा १ प्रतिशतको दरमा ४ हजार ५ सय रुपैयाँ ।

वार्षिक आम्दानी ४ लाख ५० हजार भन्दा बढी तर ५ लाख ५० हजार रुपैयाँ भन्दा कम भएको खण्डमा स् सुरुको ४ लाख ५० हजार को १ प्रतिशत र बाँकी रहेको १ लाखको १० प्रतिशतका दरले बढीमा १४ हजार ५ सय रुपैयाँ सम्म।

५ लाख ५० हजार रुपैयाँदेखि ७ लाख ५० रुपैयाँसम्मको हकमा: सुरुको ४ लाख ५० हजार को १ प्रतिशतले ४ हजार ५ सय त्यसपछिको १ लाखको १० दरले १० हजार र बाँकी रहेको २ लाखको २० प्रतिशतको दरले ४० हजार गरी ५४ हजार ५ सय रुपैयाँसम्म ।

७ लाख ५० हजार रुपैयाँ देखि २० लाख रुपैयाँसम्मको हकमा: ७ लाख ५० हजार रुपैयाँको यस अगाडी हिसाब गरेजस्तै ५४ हजार ५ सय रुपैयाँ र बाकी रहेको १२ लाख ५० हजार को ३० प्रतिशतका दरले ३ लाख ७५ हजार गरी कूल ४ लाख २९ हजार ५ सय रुपैयाँसम्म ।

२० लाखभन्दा बढी आम्दानीको हकमा: २० लाख रुपैयाँसम्म यस अगाडी हिसाब गरिएजस्तै ४ लाख २९ हजार ५ सय त्यसभन्दा माथिको रकममा ३६ प्रतिशतका दरले कर ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक अभ्यास खेलमा अमेरिका ए टोलीसँग नेपाल ४ विकेटले पराजित यस्तो रहनेछ आजको मौसम, हल्का वर्षाको सम्भावना बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी