2026-10-03 01:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

इलाममा बन्यो सिटीमार्ट

असोज २१, काठमाडौँ, न्युज कारखाना। इलाम नगरपालिकाले सार्वजानिक निजी साझेदारीको ऐन बनाएपछि नगरपालिका र निजी क्षेत्रको लगानीमा इलाममा व्यावसायिक भवन इलाम सिटीमार्ट निर्माण भएको छ ।  सिटीमार्टको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङले बिहीबार संयुक्त रूपमा उद्घाटना गरेका छन् । 

निजी क्षेत्रको तीन करोड आठ लाख ९१ हजार चार सय ४० रुपैयाँ, इलाम नगरपालिकाको आठ करोड ३५ लाख ९२ हजार छ सय ५० रुपैयाँ र प्रदेश सरकारको सशर्त अनुदानको ४० लाख रुपैयाँ गरी १२ करोड १९ लाख ५४ हजार दुई सय ३७ रुपैयाँको लागतमा सिटीमार्ट निर्माण भएको हो । 

सात सय ७१ दशमलव २७ वर्गमिटर क्षेत्रफलमा चारतले व्यावसायिक भवन निर्माण भएको छ । भवनमा पसल सञ्चालनको लागि ९६ वटा सटर बनाइएको छ । भवनमा तीन सय ३० जना क्षमताको एउटा पार्टी प्यालेस र एक सय २० क्षमताको एउटा रेस्टुरेन्टसमेत बनाइएको छ । मुख्य भवनअघि दुईवटा ब्लकमा पाँचवटा सटरसमेत निर्माण गरिएको छ । 

त्यस्तै, छुट्टै मासु पसलसमेत बनाइएको छ ।  आयोजना अन्तर्गत नै मोटरसाइकल पार्किङ भवनमाथि एउटा रेस्टुुरेन्टसमेत निर्माण गरिएको इलाम नगरपालिकाका इञ्जिनियर दीपक गुरागाईंले जानकारी दिए । सिटीमार्टमा दुईवटा लिफ्टसमेत जडान गरिएको छ । 

भवनको माथिल्लो तलामा बनाइएको रेस्टुरेन्ट, पार्टी प्यालेस ७६ वटा पसल भाडामा लागिसकेको छ । त्यसबाट मासिक ६ लाख ७४ हजार तीन सय २९ रुपैयाँ मासिक भाडा संकलन हुन थालेको छ । 

दोस्रो तलामा रहेका २० वटा सटर भाडा लाग्न बाँकी रहेको नगरपालिकाले जनाएको छ । अहिले भइरहेको आम्दानीले सिटीमार्ट र अन्य सटरहरूमा गरिएको लगानी बराबरको रकम फिर्ता हुन २० वर्ष लाग्छ ।  नगरपालिकाले मात्रै गरेको लगानी भने दश वर्षभित्रमा फिर्ता हुन्छ । तर, २० वटा सटर भाडामा लाग्दा त्योभन्दा पहिले नै लगानी फिर्ता भइसक्ने इञ्जिनियर गुुरागाईंले बताए । 

इलाम नगरपालिकाको आह्वान बमोजिम व्यवसायीहरूले एक लाख ५० हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म लगानी साझेदारी गरेका छन् । लगानी साझेदारी गरेका व्यवसायीहरूले चार हजार पाँच सय रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म मासिक भाडा तिर्ने कबुल गरेका छन् । 

सिटीमार्टमा लगानी गरेका कतिपयले लगानी फिर्तासमेत माग गरेका छन् । लगानी फिर्ता गर्न चाहेका व्यवसायीले गरेको कोठा भाडा मागिसकेको छैन । भाडा नलागेका सटरहरूलाई भाडामा लगाउन नगरपालिकाले प्रक्रिया सुुरु गरिसकेको छ । नगरपालिकाको सटरमा व्यवसाय गर्नेलाई निषेधाज्ञा र लकडाउनको अवधिको भाडामा ४० प्रतिशत मिनाह गर्ने भएको छ । 

इलाम नगरपालिका प्रमुख महेश बस्नेतले इलाममा लगानी प्रवद्र्धन गर्ने नीतिअनुसार सार्वजानिक निजी साझेदारीमा सिटीमार्ट निर्माण भएको बताए । ‘हामीले सार्वजनिक निजी साझेदारीको ऐन नै बनाएर काम थालेका हौ’, उनले भने, ‘संघमा पनि सार्वजनिक निजी साझेदारीको नीति मात्र छ, कानुन बनेको छैन । हामीले लगानीलाई कानुनी रूपमा संरक्षित गर्नुपर्छ भनेर ऐन बनाएका हौँ ।’ प्रमुख बस्नेतले सार्वजनिक निजी साझेदारी कानुन बनाउने इलाम पहिलो नगरपालिका भएको दावी गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने