३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दैनिक उपभोग्य वस्तुको मूल्य आकाशियो !

२५ मंसिर २०७८, शनिबार ०७:३९

मंसिर २५, काठमाडौं | दैनिक उपभोग्य वस्तु महँगो हुँदा यसको प्रत्यक्ष मारमा सर्वसाधारण उपभोक्ता  परेका  छन्। पछिल्लो  समयमा  दैनिक उपभोग्य  वस्तुको  मूल्य आकाशिए पनि त्यो मूल्य वृद्धि वास्तविक हो वा कृत्रिम स्पष्ट हुन सकेको छैन ।

मूल्य वृद्धि कृत्रिम भएको धेरै सरोकारवालाको  दाबी  छ।  प्रत्यक्ष  सम्पर्क  खुद्रा व्यापारीसँग  भएकाले  उपभोक्ता  खुद्रा  पसलेलाई लगाउँछन् तर खुद्रा व्यापारी भने उद्योगबाटै मूल्य बढेर आएको दाबी गर्छन्। नेपाल  खुद्रा व्यापार  सङ्घका  कार्यवाहक अध्यक्ष  अमुल  तुलाधरले  पछिल्लो  समयमा  घिउ, तेल, चिनी, गेडागुडी महँगिएको बताए ।  पछिल्लो पटक  त  उत्पादक  उद्योगी  वा  थोक  व्यापारीबाट सामानको मूल्य तिरेअनुसार बिलबिजकसमेत आफूले प्राप्त गर्न नसकेको उनको भनाइ छ ।

नेपाल  राष्ट्र  बैङ्कले  सार्वजनिक  गरेको पछिल्लो   तीन   महिनाको   प्रतिवेदनमा   पनि खाद्यवस्तुुको  मूल्य  वृद्धि  ३१  दशमलव  ६८ प्रतिशतसम्म  भएको  तथ्याङ्क  सार्वजनिक  गरेको छ। राष्ट्र बैङ्कका अनुसार चालुू आर्थिक वर्षको साउन–असोजमा  घिउ,  तेल  मूल्य  ३१  दशमलव ६८ प्रतिशत बढेको छ। सो प्रतिवेदनअनुसार माछा मासु ११ दशमलव ९५ प्रतिशत, दाल गेडागुडी १० दशमलव  ७१  प्रतिशत  र  गैरमदिराजन्य  पदार्थ  ९ दशमलव ६३ प्रतिशत वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’