मङ्सिर २६, काठमाडौँ | साताको पहिलो दिन नेपाली बजारमा आज (आइतवार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिन (शुक्रवार) यस्तो सुन प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदी प्रति तोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।