भदौ ५, काठमाडौँ । नेपाल आयल निगमले एक/दुई दिनभित्रै पेट्रोलियम पदार्थको वितरण सहज हुने जनाएको छ । 

उपत्यकाका पेट्रोल पम्पमा पर्याप्त इन्धन नहुँदा उपभोक्ताले इन्धन भर्न घन्टौँसम्म लाइन बसेर सास्ती बेहोरिरहेका बेला निगमले आज औसतभन्दा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ५, काठमाडौँ । नेपाल आयल निगमले एक/दुई दिनभित्रै पेट्रोलियम पदार्थको वितरण सहज हुने जनाएको छ । 

उपत्यकाका पेट्रोल पम्पमा पर्याप्त इन्धन नहुँदा उपभोक्ताले इन्धन भर्न घन्टौँसम्म लाइन बसेर सास्ती बेहोरिरहेका बेला निगमले आज औसतभन्दा "/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक-दुई दिनमै इन्धन सहज हुन्छ: निगम

२०७३, ५ भाद्र आईतवार १३:१७

भदौ ५, काठमाडौँ । नेपाल आयल निगमले एक/दुई दिनभित्रै पेट्रोलियम पदार्थको वितरण सहज हुने जनाएको छ । 

उपत्यकाका पेट्रोल पम्पमा पर्याप्त इन्धन नहुँदा उपभोक्ताले इन्धन भर्न घन्टौँसम्म लाइन बसेर सास्ती बेहोरिरहेका बेला निगमले आज औसतभन्दा बढी इन्धन वितरण गरिएकाले वितरण सहज हुने बताएको हो । 

रक्सौलस्थित भारतीय आयल कर्पोरेसनको डिपोबाट पर्याप्त इन्धन नआएको भन्दै निगमले पम्पलाई आवश्यक इन्धन नदिएका कारण झण्डै एक सातादेखि मुलुकभर पेट्रोलियम पदार्थको हाहाकार भएको थियो । 

उपत्यकाका केही पम्पले आज तेल वितरण गरेपनि उपभोक्ताको लामो लाइन देखिन्थ्यो । उपत्यकामा दैनिक चार लाख लिटर पेट्रोलियम पदार्थ खपत हुने गरेकामा अहिले उपभोक्ताको मागलाई मध्यनजर गर्दै दैनिक छ लाख लिटर इन्धन वितरण गरेको निगमका निर्देशक नागेन्द्र झाले राससलाई जानकारी दिए । 

उनले बजारमा हल्ला भएजस्तो तेलको हाहाकार नभएको र अबको दुई दिनमै तेलको वितरण सहज हुने उल्लेख गरे । निगमका अनुसार रक्सौल नाकाबाट दैनिक पाँच लाख लिटर पेट्रोल आइएकामा अहिले दैनिक दुई लाख लिटर मात्र आइरहेको छ । 

बरौनीलगायत नाकाबाट तीन लाख लिटर पेट्रोलियम पदार्थ ल्याएर वितरण गरिएको निगमले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा