माघ ५, झापा । चालू आर्थिक वर्षको छ महिनामा मेची भन्सार कार्यालय काँकडभिट्टाले रु सात अर्ब ९८ करोड ६५ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि पुस मसान्तसम्ममा रु सात अर्ब ३८ करोड ८६ लाख २४ हजार लक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, झापा । चालू आर्थिक वर्षको छ महिनामा मेची भन्सार कार्यालय काँकडभिट्टाले रु सात अर्ब ९८ करोड ६५ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि पुस मसान्तसम्ममा रु सात अर्ब ३८ करोड ८६ लाख २४ हजार लक्"/>
2026-10-02 10:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मेची भन्सारको राजस्व असुलीमा वृद्धि

माघ ५, झापा । चालू आर्थिक वर्षको छ महिनामा मेची भन्सार कार्यालय काँकडभिट्टाले रु सात अर्ब ९८ करोड ६५ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि पुस मसान्तसम्ममा रु सात अर्ब ३८ करोड ८६ लाख २४ हजार लक्ष्य लिएकोमा कार्यालयका अनुसार १०८ दशमलव नौ प्रतिशत राजस्व असुल्न सफल भएको हो । 

पूर्वी नाकाबाट भित्रिने पेट्रोलियम पदार्थका कारण भन्सारको राजस्व असुलीमा समेत उल्लेख्य प्रगति भएको प्रमुख भन्सार अधिकृत केशवराज ओलीले बताउनुभयो । मेची भन्सार कार्यालय काँकडभिट्टाको कूल राजस्वको ४० प्रतिशत बढी राजस्व पेट्रोलियम पदार्थले ओगटेको छ भने बाँकी ६० प्रतिशत अन्यले ओगटेको उहाँको भनाइ छ ।

कार्यालयलाई भन्सार विभागले रु १५ अर्ब ४५ करोड ४७ लाख ८७ हजार वार्षिक राजस्वको लक्ष्य दिइएको छ । उहाँले वार्षिक लक्ष्यको तुलनामा छ महिनामा ५१ दशमलव ६८ प्रतिशत राजस्व असुली भएको जानकारी दिनुभयो

साउनको मासिक लक्ष्य रु ९२ करोड ५९ लाख ७२ हजार राजस्व असुली गर्ने लक्ष्य भए पनि रु एक अर्ब ३७ करोड १४ लाख ५३ हजार असुली भएको छ । जुन रकम लक्ष्यको तुलनामा राजस्व असुली ४८ दशमलव ११ प्रतिशत बढी हो ।

भदौमा कार्यालयले रु एक अर्ब २१ करोड ४५ लाख ५० हजार राजस्व असुली गर्नुपर्ने लक्ष्य पाएकामा रु एक अर्ब ३० करोड ७७ लाख ६४ हजार अर्थात् १०७ दशमलव ६७ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

असोजमा रु एक अर्ब ३५ करोड ६४ लाख ५ हजार राजस्व सङ्कलन गरेको प्रमुख भन्सार अधिकृत ओलीले जानकारी दिनुभयो । असोजको लक्ष्य भने रु एक अर्ब २४ करोड ७२ लाख ८१ हजार थियो । कात्तिक महिनाको लक्ष्य रु एक अर्ब ३१ करोड ९७ लाख २७ हजार लक्ष्य लिए पनि  एक अर्ब १६ करोड ९३ लाख ६९ हजार ११८ रुपैयाँ वा ८८ दशमलव ६१ प्रतिशत राजस्व असुली गरेको छ । 

मङ्सिर महिनामा कार्यालयले रु एक अर्ब ३२ करोड ७३ लाख १९ हजार लक्ष्य लिए पनि रु एक अर्ब ४० करोड २३ लाख ५८ हजार राजस्व सङ्कलन भएको जनाइएको छ । पुस महिनामा रु एक अर्ब ३५ करोड ३७ लाख ७५ हजार लक्ष्यमा रु एक अर्ब ३७ करोड ९२ लाख सात हजार अर्थात १०१ दशमलव ८८ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

पूर्वी नाकाबाट आयात हुने कोइला, पेट्रोलियम पदार्थ, सिमेन्ट क्लिङ्कर, पेय पदार्थ, खाना पकाउने ग्यास, मट्टितेल तयारी पोशाक, सुपारी, हवाई स्प्रीड, सुती कपडा, रङ्गीन टेलिभिजन, ग्लेज टायल, लुब्रिकेटिङ, आयल मोबिल, मोटरका ब्याट्रीलगायतका सामाग्री रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने