रमेश लम्साल/भदौ ९, काठमाडौँ । सरकारी स्वामित्वको चिनियाँ कम्पनी चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसन (सिएमइसी)ले नेपालको दुई म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रमेश लम्साल/भदौ ९, काठमाडौँ । सरकारी स्वामित्वको चिनियाँ कम्पनी चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसन (सिएमइसी)ले नेपालको दुई म"/>
२०८२, १८ फाल्गुन सोमबार
अर्थ/विकास

तामाकोसी तेस्रो र तमोरमा लगानी गर्न चिनियाँ प्रस्ताव

२०७३, ९ भाद्र बिहीबार ०९:३५

रमेश लम्साल/भदौ ९, काठमाडौँ । सरकारी स्वामित्वको चिनियाँ कम्पनी चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसन (सिएमइसी)ले नेपालको दुई महत्वपूर्ण आयोजनामा लगानी गर्न चासो देखाएको छ । 

सो कम्पनीले तामाकोसी तेस्रो र तमोर जलविद्युत् आयोजनामा लगानी गर्न आफू तयार रहेको भन्दै सरकारसँग प्रस्ताव गरेको छ । नर्वेजियन कम्पनी एसएन पावरले बजार नभएको भन्दै छाडेको तामाकोसी जलविद्युत् आयोजनाको क्षमता ६५० मेगावाट रहेको छ । 

यस्तै ७६२ मेगावाट क्षमताको जलाशययुक्त तमोर जलविद्युत् आयोजना नेपाल विद्युत् प्राधिकरणले अध्ययन गरिरहेको आयोजना हो । विश्व बैंक, मुद्रा कोषलगायतको सहयोगमा बुटवल पावर कम्पनीले निर्माण गर्न लागेको काबेली र अर्को निजी क्षेत्रले निर्माण गरिरहेको हेवा जलविद्युत् आयोजनासमेत सो आयोजना बनेको खण्डमा जलाशयमा पर्ने देखिन्छ । 

कुल ३७ मेगावाट क्षमताको काबेली र १४.९ मेगावाट क्षमताको हेवा जलविद्युत् आयोजनालाई क्षतिपूर्ति दिएर नै आयोजना अगाडि बढाउने सोचमा चिनियाँ कम्पनी रहेको छ । काबेली निर्माण सुरु गर्न लागेको परियोजना हो भने हेवा राष्ट्रिय प्रसारण लाइनमा जोडिन लागेको छ । आयोजनाबाट उत्पादित विद्युत्को परीक्षण प्रसारणसमेत गरिसकिएको छ । 

कम्पनीले इन्जिनियरिङ, खरिद, निर्माण र लगानी (इपिसिएफ) ढाँचामा आयोजना निर्माणकोे प्रस्ताव गरिएको सिएमइसीका नेपाल प्रतिनिधि विश्वास खतिवडाले राससलाई जानकारी दिनुभयो । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा रहँदा नै चिनियाँ कम्पनीले निर्माणको प्रस्ताव गरेको थियो । पछिल्लोपटक पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित हुनुभएपछि पनि इपिसिएफले आफू जलविद्युत् आयोजनाका लागि इच्छुक भएको जनाएको छ । 

कुल ५०० मेगावाट क्षमताका आयोजना लगानी बोर्डमार्फत जानुपर्ने प्रावधान रहेका कारण कम्पनीले बोर्डमा नै प्रस्ताव गरेको जनाएको छ । सिएमइसीका नेपाल प्रतिनिधि खतिवडाले चिनियाँ बैंक आइसिबिसी बैंकबाट ऋण लगानी गर्नेसम्बन्धी आशयपत्रसमेत ल्याइसकेको बताउनुभयो । सिएमसिइसीको वार्षिक कारोबार मात्रै चार अर्ब अमेरिकी डलर रहेको र उसको माउ कम्पनी सिनोम्याकको ४५ अर्ब अमेरिकी डलर आम्दानी रहेकाले पनि लगानीको कुनै समस्या नहुने खतिवडाको भनाइ छ । 

चालु आवको बजेटमा सरकारले इपिसिएफ ढाँचामा भौतिक पूर्वाधार, जलविद्युत् जस्ता आयोजना अगाडि बढाउन सकिने उल्लेख भएअनुसार नै प्रस्ताव पेस गरिएको कम्पनीले जनाएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले चिनियाँ कम्पनीले सामान्य प्रस्ताव मात्रै राखेको र अरु विषयमा कुनै प्रक्रिया सुरु नभएको जानकारी दिनुभयो । 

तामाकोसी तेस्रो आयोजना कुन ढाँचामा कसरी निर्माण गर्ने भन्ने सम्बन्धमा कुनै निष्कर्षमा पुग्न सकिएको छैन । बजार नभएको भन्दै नर्वेजिएन कम्पनीले बीचैमा आयोजना छाडेपछि सरकारले सो आयोजना कसलाई र कुन ढाँचामा अगाडि बढाउने भन्ने टुङ्गो लगाएको छैन । 

यस्तै प्राधिकरणको स्वामित्वमा रहेको तमोर जलविद्युत् आयोजनाको पूर्ण अध्ययन नभएको तथा अन्य प्रक्रिया अगाडि बढाउन पनि थप केही वर्ष लाग्ने देखिएको छ । पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग पनि आयोजनाको विषयमा सामान्य छलफल भएको तर नयाँ अर्थमन्त्री आउनुभएपछि भने कुनै छलफल नभएको खतिवडाले बताउनुभयो । 

पछिल्लो दिनमा नेपालको जलविद्युत् आयोजनामा लगानी गर्न चिनियाँ निजी कम्पनीले चासो देखाइरहेको बेला सिएमइसी सरकारी कम्पनीले नै चासो देखाएको हो । “हामी सबै प्रक्रिया पु¥याएर लगानीसम्बन्धी प्रस्ताव गर्न लागेका छाँै । आशा छ नेपालको ऊर्जा सङ्कट समाधान गर्न हाम्रो प्रयास सार्थक हुनेछ,” खतिवडाले भन्नुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला