२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चावहिल र मित्रपार्कमा आकाशे पुलको शिलान्यास

२०७८, ९ माघ आईतवार ०७:०५

माघ ९, काठमाडौँ | काठमाडौँको चावहिल चोक र मित्रपार्कमा आकाशे पुल बन्ने भएको छ । काठमाडौँ महानगरपालिकाको भ्याटबाहेक रु एक करोड ३० लाख ४२ हजार ५७८ लागतमा बन्न लागेको उक्त पुलको आज महानगर प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभयो ।

कार्यक्रममा महानगरपालिका प्रमुख शाक्यले आकाशे पुल निर्माणसँगै चावहिल र मित्रपार्क क्षेत्रमा हुने ट्राफिक जाममा कमी आउने बताउनुभयो । “स्थानीय बासिन्दाको मागअनुसार नै पुल शिलान्यास गरेका हौँ, स्थानीयको साथ र सहयोग रहेमा तोकिएको समयभन्दा अगावै पुल निर्माण गरिसक्छौँ”, उहाँले भन्नुभयो ।

चावहिल चोकको दक्षिणतर्फ बनाइएको पुलले ट्राफिक जाममा सहज बनाएकाले उत्तरतर्फको भागमा पनि पुल निर्माण गर्न लागिएको उहाँको भनाइ छ । यस्तै महानगरपालिकाकै लगानीमा जयवागेश्वरी क्षेत्रमा समेत पुल निर्माण भइरहेको छ । चावहिल र गौशाला क्षेत्रमा चार पुल बनाइए पनि सडक दुर्घटना र ट्राफिक जाममा कमी आउने नगरप्रमुख शाक्यले बताउनुभयो ।

सविरा कन्स्ट्रक्सनले निर्माण गर्न लागेको उक्त पुल विसं २०७९ जेठ मसान्तसम्म सम्पन्न गरिसक्नुपर्नेछ । दुवै पुल ३३ मिटर लम्बाइ र दुई मिटर चौडाइका हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन