१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चावहिल र मित्रपार्कमा आकाशे पुलको शिलान्यास

९ माघ २०७८, आईतवार ०७:०५

माघ ९, काठमाडौँ | काठमाडौँको चावहिल चोक र मित्रपार्कमा आकाशे पुल बन्ने भएको छ । काठमाडौँ महानगरपालिकाको भ्याटबाहेक रु एक करोड ३० लाख ४२ हजार ५७८ लागतमा बन्न लागेको उक्त पुलको आज महानगर प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभयो ।

कार्यक्रममा महानगरपालिका प्रमुख शाक्यले आकाशे पुल निर्माणसँगै चावहिल र मित्रपार्क क्षेत्रमा हुने ट्राफिक जाममा कमी आउने बताउनुभयो । “स्थानीय बासिन्दाको मागअनुसार नै पुल शिलान्यास गरेका हौँ, स्थानीयको साथ र सहयोग रहेमा तोकिएको समयभन्दा अगावै पुल निर्माण गरिसक्छौँ”, उहाँले भन्नुभयो ।

चावहिल चोकको दक्षिणतर्फ बनाइएको पुलले ट्राफिक जाममा सहज बनाएकाले उत्तरतर्फको भागमा पनि पुल निर्माण गर्न लागिएको उहाँको भनाइ छ । यस्तै महानगरपालिकाकै लगानीमा जयवागेश्वरी क्षेत्रमा समेत पुल निर्माण भइरहेको छ । चावहिल र गौशाला क्षेत्रमा चार पुल बनाइए पनि सडक दुर्घटना र ट्राफिक जाममा कमी आउने नगरप्रमुख शाक्यले बताउनुभयो ।

सविरा कन्स्ट्रक्सनले निर्माण गर्न लागेको उक्त पुल विसं २०७९ जेठ मसान्तसम्म सम्पन्न गरिसक्नुपर्नेछ । दुवै पुल ३३ मिटर लम्बाइ र दुई मिटर चौडाइका हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन