2026-10-02 10:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

छ महिनामा चार अर्ब राजस्व

माघ १०, विराटनगर | आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको छ महिनामा कूल रु चार अर्ब १६ करोड ६७ लाख ६४ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु चार अर्ब ३८ करोड ७३ लाख ८७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यमा रु २२ करोड छ लाख २२ हजार राजस्व कम सङ्कलन भएको हो । 

गएको आवमा सो अवधिमा रु तीन अर्ब ८८ करोड ९७ लाख ३४ हजार राजस्व सङ्कलन गरेको थियो । सो अवधिमा कार्यालयले रु तीन अर्ब ९१ करोड ५२ लाख ८८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्याललये लक्ष्यभन्दा रु दुई करोड ५५ लाख ५४ हजारले कम राजस्व सङ्कलन गरेको थियो ।

कार्यालय गएको वर्षको सो अवधिमा सङ्कलन गरेको राजस्वभन्दा रु २७ करोड ७० लाख ३० हजार राजस्व बढी सङ्कलन गर्न सफल भएको कार्यालयका प्रमुख सूर्यप्रसाद पोखरेलले जानकारी दिनुभयो । सो अवधिमा गएको वर्षभन्दा सात प्रतिशत बढी राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । कार्यालयले सङ्कलित गरेको राजस्वमा आयकर रु एक अर्ब ७० करोड चार लाख ८६ हजार, बहाल कर रु ५० करोड २५ लाख आठ हजार, ब्याजकर रु पाँच करोड ९८ लाख ५० हजार, मूल्य अभिवृद्धिकर रु एक अर्ब पाँच करोड ६२ लाख १९ हजार, अन्तःशुल्क रु एक अर्ब २९ करोड ९५ लाख ७५ हजार, स्वास्थ्य सेवा रु ३० हजार र शिक्षा सेवा शुल्क रु तीन लाख ४६ हजार छन् ।

सङ्कलित राजस्वमा करदाता सेवा कार्यालय विराट चोकबाट रु १८ करोड एक लाख ४४ हजार, करदाता सेवा कार्यालय पथरीबाट रु १० करोड ६० लाख ७७ हजार र आन्तरिक राजस्व कार्यालय विराटनगरले रु तीन अर्ब ८८ करोड पाँच लाख ४३ हजार सङ्कलन भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने