१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा उच्च अंकको वृद्धि, ६ अर्ब ३२ करोडको कारोबार

१६ माघ २०७८, आईतवार १०:१८

माघ १६, काठमाडौँ | आज शेयर बजार उच्च अंकले बढेको छ। शनिबार सम्पन्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्र स्थानिय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेपछि यस दिन बजार बढेको हो।

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३.८० प्रतिशत बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक १०५.५५ अंक बढेर २८८५.५३ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १९.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ७.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.५७ अंक बढेको छ।

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३.८० प्रतिशत बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक १०५.५५ अंक बढेर २८८५.५३ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १९.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ७.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.५७ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २३१ कम्पनीको ८१ हजार ७०६ पटकको कारोबारमा ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड २१ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। नेप्सेसँगै भोल्यूम पनि बढेकोले दोस्रो बजारका लगानीकर्ताहरु उत्साहित देखिएका छन्।

नेप्से बढेसँगै यस दिन ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन विन नेपाल लघुवित्त, लिबर्टी इनर्जी, शिवश्री हाइड्रोपावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

त्यसैगरी, यस दिन अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशत बढेको छ भने हिमालयन उर्जा, प्रोग्रेशिभ फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर र कर्णाली डेभलमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन कुल ११ कम्पनीको मात्र मूल्य घटेको छ। जसमध्ये अधिकांश ऋणपत्र र म्युचुअल फण्डहरु रहेका छन्। कारोबार रकमका आधारमा यस दिन अपि पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

त्यसैगरी, यस दिन नेपाल टेलिकम र एचआईडिसीएलको २३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको करिब २२ करोडको शेयर किनबेच भएको छ।

आइतबार १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ६.५६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक ६.३४ प्रतिशत बढेको छ भने लगानी उपसमूहको ६.३६ प्रतिशत बढेको छ।

त्यसैगरी, यस दिन जलविद्युत उपसमूहको परिसूचक साढे ५ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक साढे ४ प्रतिशतभन्दा बढी बढेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन