२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निर्माणाधीन मोटरेबल पुल भासिन थाल्यो

२० माघ २०७८, बिहीबार ०९:४८

माघ २०, म्याग्दी | बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमानामा पर्ने पखेरस्थित म्याग्दी नदीमा निर्माणाधीन पक्की मोटरेवल पुल भासिन थालेको छ । 

एक सय १७ मिटर लामो र ११ मिटर चौडाइ भएको पुलको पखेर तर्फको ३५ मिटर लामो स्पाम (भाग) यही माघ १८ गते मङ्गलबार ढलान भएको थियो । अन्य दुई वटा स्पामको ढलान ठिक भए पनि पछिल्लो पटक ढलान भएको स्पामको मध्यभागको दायाँ र बायाँतर्फ सतह भन्दा दुई इञ्च भन्दा बढी भासिएको पखेरका बासिन्दा धनबहादुर थापाले बताउनुभयो । “ढलानको भार थाम्न नसकेर टेको लगाइएका फार्मा जमिनमा गाडिएपछि पुल भासिन थालेको हो”, उहाँले भन्नुभयो “सटिङ गर्दा टेका राख्ने क्रममा भएको लापरबाहीले ढलान दबेर भासिन थालेको छ ।”

बालुवा र सिमेन्ट घोलेर गहिरो देखिएको ठाउँमा हाल्ने क्रममा बुधबार स्थानीयवासीले रोकेका थिए । पुलको बीच भाग उठेको र छेउतर्फ गहिरो, खाडल परेको र भासिएर बाङ्गो देखिन थालेपछि गुणस्तर र दिगोपनामा शङ्का र प्रश्न उठेको बेनी नगरपालिका–४ तातोपानीका वीरेन्द्रमान शाक्यले बताउनुभयो । “भविष्यमा पुलको उपभोगका क्रममा जोखिम, गुणस्तर र दिगोपनामा असर पर्ने नपर्ने विषयमा प्राविधिक अनुसन्धानका लागि सडक डिभिजन, जिल्ला प्रशासन र नगरपालिकामा अनुरोध गरेका छौ”, उहाँले भन्नुभयो, “पुल बनेर मात्र भएन, सुरक्षित रुपमा उपयोगयोग्य र गुणस्तरीय हुनुपर्छ भन्ने हाम्रो माग हो ।”

निर्माण कम्पनीका इञ्जिनीयर गोपालकुमार शाहले फुटपाथको भाग दबेर कुनै असर नपर्ने दाबी गर्दै अर्को ढलान गर्दा सतह मिलाउने बताउनुभयो । “ढलान गर्दागर्दै दबेको हुनाले त्यही अनुसार सेट हुन्छ”, उहाँले भन्नुभयो, “फुटपाथ बनाउने क्रममा सतह मिलाउन सकिन्छ । गाडी गुड्ने भाग केही भएको छैन् ।” ढलानका क्रममा उपस्थित भएका सडक डिभिजन कार्यालय बागलुङका प्राविधिक तोपबहादुर थापाले पनि यो सामान्य विषय भएको प्रतिक्रिया दिनुभयो । फुटपाथमा थप सात सेन्टिमिटर बाक्लो ढलान गर्ने क्रममा सतह मिलाउन सकिने उहाँको भनाइ छ । सडक डिभिजनका इञ्जिनीयरसहितको टोली आज पुलको निरीक्षणमा आएका थिए । 

मङ्गला गाउँपालिकाको ३, ४ र ५ नम्बर वडालाई सडक सञ्जालसँग जोड्न सडक डिभिजन कार्यालय बागलुङले पखेरका साथै बाबियाचौरको माटेबगर र पोक जोड्ने म्याग्दी नदीमाथि ८० मिटर लामो पुल बनाउन विसं २०७५ पुसमा लुम्बिनी–प्राकृतिक जेभीसँग रु २२ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । विसं २०७७ पुस २५ मा सम्पन्न गर्ने लक्ष्य भए पनि ठेकेदारले पर्याप्त मात्रामा उपकरण, मजदूर परिचालन गर्न, निर्माण सामग्री जुटाउन नसक्नु, कोरोना भाइरसको महामारी र बाढीका कारण ढिलाइ भएको छ । ११ मिटर चौडाइ भएको माटेबगर–अर्मन जोड्ने अर्को पुलको ४० मिटरको एउटा स्पाममा ढलान सकेको ठेकेदारले अर्मनतर्फको फिल्लर ठडाएर ढलानको तयारी गरेको छ । फाँपरखेत–पखेर जोड्ने पुलका चार वटै पिलर निर्माण र ढलान सकिएपनि दायाँबायाँ पहुचमार्ग बनाउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान