भदौ ११, काठमाडौँ । आरुघाटवासीले भूकम्पपछिको पुनःनिर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहालसंग आग्रह गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आरुघाटवासीले सामूहिक भेट गरी भूकम्पपछिको पुनःनिर्माण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, काठमाडौँ । आरुघाटवासीले भूकम्पपछिको पुनःनिर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहालसंग आग्रह गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आरुघाटवासीले सामूहिक भेट गरी भूकम्पपछिको पुनःनिर्माण"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पुनःनिर्माणलाई प्राथमिकता दिन आग्रह

२०७३, ११ भाद्र शनिबार ०६:४६

भदौ ११, काठमाडौँ । आरुघाटवासीले भूकम्पपछिको पुनःनिर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहालसंग आग्रह गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आरुघाटवासीले सामूहिक भेट गरी भूकम्पपछिको पुनःनिर्माणसँगै जलाशाययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनालाई विशेष प्राथमिकतामा राख्न आग्रह गरे । 

बूढीगण्डकी जलविद्युत् आयोजनाका कारण डुबानमा पर्न सक्ने बस्तीको उचित व्यवस्थापन गर्न पनि आरुघाटवासीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । 

सो अवसरमा प्रधानमन्त्री दाहालले आफ्नो युवा अवस्थामा आरुघाटको बसाइँ र अध्यापनले आफ्नो राजनीतिक जीवनमा सधैँ ऊर्जावान् भएको भन्दै त्यहाँको विकासका लागि सक्दो सहयोग गर्ने बचन दिनुभयो । 

“आरुघाटमा अढाई र तीन वर्ष अध्यापन गरें । त्यो बसाइँ मेरो राजनीतिक जीवनमा सधैँ ऊर्जाको स्रोत बनिरह्यो । जीवनमा जुनकुनै उतारचढावमा पनि तपाईंहरुसँग बिताएका ती दिनहरु कहिल्यै विस्मृतिमा गएनन्”–प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उहाँका उपस्वकीय सचिव मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो । 

प्रधानमन्त्री दाहालले आफू कठिन अवस्थामा प्रधानमन्त्रीमा निर्वाचित भएको भन्दै आफ्नो कार्यकाल उपलब्धिपूर्ण कामका लागि खर्चने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आरुघाटवासीले उठाएका मागमा आफू संवेदनशील भएको भन्दै आफ्नातर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्रीलाई आरुघाटवासीले सामूहिक बधाई तथा शुभकामना दिँदै सफल कार्यकालका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । 

भेटमा नेकपा ९माओवादी केन्द्र० का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्व पर्यटनमन्त्री रामकुमार श्रेष्ठ, सांसद छमबहादुर गुरुङलगाययत सहभागी हुनुहुन्थ्यो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा