2026-10-02 09:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मदन भण्डारी राजमार्ग: रुख काट्ने प्रक्रिया ढिलो हुँदा समस्या

फागुन २०, झापा । मदन भण्डारी राजमार्गको धरान–झापा खण्डको सडक निर्माण कार्य हालसम्ममा १२ प्रतिशत मात्र भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ ।

धरानदेखि पूर्वमेचीसम्मको करिब १२५ किमी सडकखण्डमध्ये ६३ किलो मिटरको ठेक्का व्यवस्थापन भइसकेको कार्यालयका सूचना अधिकारी सजित शर्माले बताउनुभयो । सर्दुखोलादेखि बेलडाँगीसम्म ५३ किलोमिटर र शान्तिगरदेखि बाहुनडाँगीसम्मको १० किलोमिटरको ठेक्का निर्माण व्यवसायी श्री श्रेष्ठ–मोतिदान जेभी काठमाडौँले लिएको छ । 

तीन प्याकेजमा ठेक्का लिएको जेभीले हालसम्म कूल भौतिक प्रगतिको १२ प्रतिशत रहेको जनाएको छ । सडक निर्माणमा विभिन्न समस्या आइरहेका कारण पनि काममा ढिलाइ भइरहेको उहाँको भनाइ छ । उहाँले राजमार्गस्तरको सडक भनिए तापनि हालसम्म सडक सीमा निर्धारण नहुँदा जग्गा अधिग्रहण हुन नसकेको, सडक सीमाको जग्गाको भूस्वामित्व जनताकै नाममा रहेको हुँदा सडक निर्माणको सीमा सुरक्षामा कठिनाइ रहेको बताउनुभयो । 

सूचना अधिकारी शर्माले सडक क्षेत्रभित्र पर्ने रुख कटानको प्रक्रिया लामो तथा झन्झटिलो हुँदासमेत निर्माण कार्यमा ढिलो भइरहेको बताउनुभयो । उहाँका अनुसार विसंं २०७६÷०७७ मा सुरु भएको योजना विसं २०८१÷०८२ मा सम्पन्न गरिसक्नुपर्नेछ । 

यो सडक तीन खण्डमा निर्माण हुने गरी ठेक्का सम्झौता भइसकेको छ भने बाँकी खण्डको डिपिआर सकिएर ठेक्का लगाउने तयारी छ । पहिलो खण्ड पूर्वको प्रस्थान बिन्दु झापाको मेचीडाँगीदेखि बुद्धशान्तिको शान्तिनगरसम्मको १० किलोमिटर रहेको छ । सङ्घीय सरकारको बजेटबाट निर्माण हुने यो राजमार्ग दुई लेनको हुनेछ । बहुवर्षीय योजनाअनुसार यो राजमार्ग बन्न लागेको हो । 

एमालेका तत्कालीन महासचिव मदन भण्डारीका नाममा बनाइने यो राजमार्गले पूर्वको झापादेखि धरानको चतरा, उदयपरुको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुको हेटौँडा, नवलपरासीको गैँडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको तम्घास, शिमलटारी, प्यूठानको बागदुला, देवीस्थान, दाङको घोराही, तुलसीपुर, पुरनधारा सुर्खेतको बोटचोर, डोटीको सिमचोर, बिपीनगर, कैलालीको सहजपुर, हुँदै डडेलधुराको बुडर जोगबुढा हुँदै रुपालसम्म पुग्नेछ ।

सो सडकखण्डको ३१ पुलको निर्माण कार्य जारी रहेको उहाँको भनाइ छ । सो सडकखण्डमा ११ ठूला पुल  छन् । ती पुलको निर्माणको ५० प्रतिशत भौतिक प्रगति भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने