2026-10-02 09:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘अर्थतन्त्रको बिग्रिँदो अवस्थामा सुधार ल्याउनुपर्छ’

फागुन २५, विराटनगर । मोरङ व्यापार सङ्घले अर्थतन्त्रको विद्यमान अवस्था, कारण र समाधानका विषयमा सरोकारवालाबीच आज यहाँ छलफल गरेको छ ।

अर्थतन्त्रमा परिरहेको आर्थिक चाप, शोधनान्तर घाटा, तरलता अभावलगायतले मुलुकको आर्थिक अवस्था सङ्कटग्रस्त भइरहेको उल्लेख गर्दै उद्योगी व्यवसायीहरुले अर्थतन्त्रको बिग्रिँदो अवस्थामा सुधार ल्याउनका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

छलफलमा अर्थशास्त्री डा भेषप्रसाद धमलाले निरन्तर घटिरहेको विदेशी विनिमय सञ्चिति, बढ्दो शोधनान्तर घाटा, घट्दो रेमिट्यान्स, तरलता अभाव र व्यापार घाटालगायत विषयमा तत्काल सुधार ल्यानुपर्नेमा जोड दिनुभयो । 

“अहिलेको अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “नेपालको आधाभन्दा बढी जनसङ्ख्या कृषिमा आधारित रहेकाले कृषिजन्य उत्पादन र उत्पादकत्वलाई पहिलो प्राथमिकतामा राख्न तथा मुलुकको अर्थतन्त्रलाई आयातमुखीभन्दा पनि निर्यातमुखी बनाउन सक्नुपर्दछ ।”

अर्थशास्त्री डा धमलाले सरकार र नेपाल राष्ट्र बैङ्कको अदूरदर्शी र अस्पष्ट नीतिकै कारण मुलुकमा तरलता अभाव देखिएको उल्लेख गर्दै देशको जनशक्ति विदेश पलायन हुनमा सरकारको अस्पष्ट नीति रहेको बताउनुभयो । दक्ष जनशक्ति अभावका कारण मुलुकको उत्पादनमा असर पुगेको उल्लेख गर्दै उहाँले बैंकको ब्याजदर अत्यधिक वृद्धि हुँदा उत्पादनमासमेत असर पुगेको हुँदा अर्थतन्त्रलाई चलायमान बनाउन करको दायरामा कटौती गर्नुपर्ने, नयाँ नयाँ शीर्षकमा कर सङ्कलन गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रा डा पिके झाले नेपालका आर्थिक नीति प्रभावकारी हुन नसकेको बताउँदै विनियोजित बजेटको अधिकांश हिस्सा अनुत्पादन क्षेत्रमा खर्च हुने गरेको छ भन्नुभयो । उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिदैं उहाँले दिगो विकासको मेरुदण्ड नै उद्यमशीलता रहेकाले यसतर्फ राज्य गम्भीर हुनुपर्ने बताउनुभयो । प्रा डा झाले उद्योग, व्यापार र व्यवसाय क्षेत्र सङ्कटग्रस्त ठाउँमा उभिएको छ भन्नेमा सरकार गम्भीर हुनुपर्नेमा बताउँदै ठूलाभन्दा साना उद्योगलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाए मुलुकमा उद्यमशीलताको विकास हुने उल्लेख गर्नुभयो । 

उहाँले स्वदेशी प्रविधिलाई प्राथमिकता दिएर कच्चापदार्थको नाममा विदेशिने पुँजीलाई मुलुकमा नै चलायमान बनाउनुपर्ने बताउँदै नेपाल स्रोतसाधन सम्पन्न मुलुक हुँदाहुँदै नेपालको अर्थतन्त्र दुरावस्थामा पुग्नु खेदको विषय हो भन्नुभयो । उहाँले भन्नुभयो, स्वार्थ अनुकुलको निर्णय लिँदा हालको समस्या उत्पन्न भएको छ ।”

डा सन्देशदास श्रेष्ठले यस्ता छलफलले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारलाई पथप्रदर्शक हुने विश्वास व्यक्त गर्नुभयो । सङ्घका उपाध्यक्ष विकास वेगवानी, महासचिव अनिल सारडा, अमित सारडालगायतले अर्थतन्त्रको विधमान समस्याका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने