भदौ १२, काठमाडौं । काठमाडौँ महानगरपालिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२, काठमाडौं । काठमाडौँ महानगरपालिक"/>
२०८२, १६ चैत्र सोमबार
अर्थ/विकास

साझा बस अब रत्नपार्क–भक्तपुर रुटमा पनि गुड्ने

२०७३, १२ भाद्र आईतवार १२:४०

भदौ १२, काठमाडौं । काठमाडौँ महानगरपालिकाको दश करोड रूपैयाँ लगानीमा साझाले ल्याउन लागेको तीसवटा बस दुई साताभित्र काठमाडौँ आइपुग्ने भएको छ ।

साझा यातायातका कामु निर्देशक महेन्द्रराज पाण्डेकाअनुसार ढिलोमा दसैँ अघि नै उपत्यकामा साझाका नयाँ बस गुड्ने छन् । साझाले हाल उपत्यकामा तीनवटा रुटमा १६ वटा बस सञ्चालन गरिरहेको छ ।  “दुई हप्तामा बस काठमाडौँ आइपुगे पनि दर्ता प्रक्रिया, सिसी टिभी जडान, कर्मचारी भर्ना र रुट पमिट लिनुपर्ने हुँदा असोजको तेस्रो सातादेखि मात्रै यात्रुले नयाँ बस चढ्ने पाउनेछन्” – पाण्डेले भने।

पाण्डेका अनुसार अब आउने नयाँ ३० वटा बस अहिले कायम रुटका साथै केहीलाई रत्नपार्क–भक्तपुर रुटमा गुडाउने तयारी छ ।

पछिल्लो समय साझा यातायातले मुलुकमा आइपर्ने विभिन्न कठिनाइका बीच पनि यात्रुलाई गन्तव्यमा पुर्याइरहेको र यो कार्यको सराहना गर्दै गत भदौ २ गते प्रधानमन्त्री पुष्प कमल दाहालले साझाको सेवा विविधिकरण गर्न र गुणस्तरीय बनाउन निर्देशन दिनुभएको थियो ।

काठमाडौँको ट्राफिकको बढ्दो चाप र यात्रुको बेहोर्नु परेको सास्तीलाई ध्यानमा राखी साझा बस थप्न लागिएको कामपाको भनाइ छ ।

काठमाडौँ उपत्यकामा ठूलो आकारको बसको आवश्यकता महसुस गरी साझाको यो योजनामा रु दश करोड लगानी गरेको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा