2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पम्पिङ खानेपानी आयोजना निर्माण हदै सुस्त, म्याद नथप्न सिफारिस

चैत्र ३०, खोटाङ | निर्माण कम्पनीले तोकिएको म्यादभित्र काम सम्पन्न नगरेपछि खोटाङको हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको म्याद नथप्ने निर्णय गरिएको छ । हलेसी क्षेत्र बृहत पम्पिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको मंगलबार बसेको बैठकले २०७७ सालभित्र सम्पन्न हुनुपर्ने आयोजनाको काम हालसम्म पुरा नभएको भन्दै थप म्याद नथप्न खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । हलेसी तुवाचुङ नगरपालिकामा दुधकोसीको पानी गाउँमा निकाल्न सुरु गरिएको आयोजनाको दोस्राेपल्ट थप भएको म्याद बुधबार सकिएको छ । 

निर्माण कम्पनी दिवा-महादेव खिम्तीले पुन: म्याद थपका लागि प्रकृयाअघि बढाएको अवस्थामा उपभोक्ता समितिले म्याद नथप्न सिफारिस गर्ने निर्णय गरेको हो । उपभोक्ता समितिले समयमै काम सम्पन्न नभै पटक पटक म्याद थप गर्दा समेत काम सम्पन्न हुन नसकेको हुँदा पुन: म्याद थपका लागि पहल भइरहेको बुझिएकाले अब उपरान्त म्याद थप गर्न सहमति नदिनुका साथै सम्झौताअनुसार कारवाही प्रकृया अघि बढाउन विभागलाई अनुरोध गर्ने’निर्णय गरेको छ । 

दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मेनलाइनको ठेक्काको काम दिवा–महादेव खिम्तीले गरिरहेको छ ।

यस्तै, काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गर्ने कामको ठेक्का रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीले तथा भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने ठेक्का लामा कन्ट्रक्सनले लिएको हो । मेनलाईनको म्याद नाघेको ३३ महिना र वितरणलाईनतर्फको म्याद नाघेको २१ महिना बित्दा ७५ प्रतिशत काम सम्पन्न भएको संघीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हेराकाजी महर्जनले बताए । 

२०७६ साल पुस १७ गतेसम्ममा भ्याट वाहेक ३१ करोड ७५ लाख ९६ हजार खर्चमा सम्पन्न गर्नेगरी ठेकेदार कम्पनी दिवा-महादेव खिम्तीले २०७४ साल २१ असार बृहत पम्पिङ खानेपानी आयोजनाको मेनलाईनको ठेक्का सम्झौता गरेको थियो । कोभिड–१९ को कारण देखाउँदै दिवा-महादेव खिम्तीले दुई पल्ट थप म्याद पाएको कार्यालयले जनाएको छ ।

यस्तै, ३० असार २०७७ सम्ममा सक्ने सर्तमा ३१ असरा २०७५ मा वितरण लाइनतर्फको कामको सम्झौता गरिएको थियो । रमन सगरमाथा–सगरमाथा घिमिरेले २६ करोड ७५ लाख ५१ हजार र लामा कन्ट्रक्सनले ३७ करोड ९३ लाख ५७ हजारमा वितरणलाइनको ठेक्का लिएको हो । दुईपल्ट थप भएको दुबै वितरणलाइनतर्फको म्याद पनि बुधबार नै सकिएको छ । 

सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी तुवाचुङ नगरपालिका-७ वडाका खानेपानीको विकराल समस्या हल गर्नका लागि ९६ करोडभन्दा बढीको बृहत पम्पिङ खानेपानी आयोजनाको काम सुरु गरिएको थियो ।

दुधकोसीबाट पानी लिफ्ट गरेर नगरपालिकाका ७ वडाका कम्तीमा तीन हजार सात सय ५६ घरधुरीलाई वितरण गर्ने लक्ष्य राखिएको छ । नदीको पानी गाउँमा निस्कने आशामा बसेका स्थानीय आयोजनाको काममा ढिलासुस्ती हुँदा स्थानीय आजित बनेको उपभोक्ता समितिका अध्यक्ष रहेका हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक