१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

८४ अंकले घट्यो सेयरबजार, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

३ जेष्ठ २०७९, मंगलवार १०:२१

जेठ ३, काठमाडौं । जेठ महिनाको पहिलो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक ८४.९० अंकले घटेर २२६५.५२ विन्दुमा आइपुगेको छ।

आज २२१ कम्पनीको ३५ लाख ९५ हजार ५६८ कित्ता सेयर १ अर्ब ६४ करोड  ४० लाख ५० हजार रुपैयाँमा खरिदबिक्री भयो। ३३ हजार ६१० पटक कारोबार भयो।

सेन्सेटिभ इन्डेक्स पनि दोहोरो अंकले ओरालो लाग्यो। सेन्सेटिभ इन्डेक्स १४.२५ अंकले घटेर ४३९.६९ विन्दुमा अडेको छ।

कारोबारमा आएका १३ वटै समूहको सूचक घटेको छ। 

आज अन्य समूहको सर्वाधिक ५.८३ प्रतिशतले सूचक घट्यो।फाइनान्सको ५.७५ र हाइड्रोपावरको ५.२८ प्रतिशतले घट्दा  लाइफ इन्स्युरेन्सको ४.९८ र डेभलपमेन्ट बैंकको ४.०१ प्रतिशतले सूचक घट्यो।  यस्तै इन्भेस्टमेन्टको ३.३७, माइक्रोफाइनान्सको २.९८,  होटल एन्ड टुरिजमको २.५८, ट्रेडिङको २.९५, बैंकिङको २.३९ प्रतिशतले सूचक ओरालो लाग्यो।

यसदिन चार कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा जाल्पा सामुदायिक लघुवित्त अग्रस्थानमा रह‍यो। सो कम्पनीको ९ करोड ७९ लाख बढी मूल्यमा सेयर कारोबार भयो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी