2026-08-23 12:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दुई सय जनालाई २४ हप्ताको बित्तीय साक्षरता कक्षा सञ्चालन

जेठ २१, खोटाङ | खोटाङको केपिलासगढी गाउँपालिकामा आप्रवासी परिवारलाई सहभागी गराएर २४ हप्ताको बित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ । नेपाल सरकार र स्वीस सरकारबीचको दुई पक्षीय सम्झौताअनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गाउँपालिकाको नेतृत्वमा डिप्रोक्स नेपाल र मानसिक स्वास्थ परामर्श केन्द्र (सिएमसी नेपाल)को प्राबिधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको हो । 

बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उदेश्यले वैदेसिक रोजगारीमा रहेका, वैदेशिक रोजगारीमा गएर आएका र बैदेशिक रोजगारमा जान लागेका व्यक्तिका परिवारका सदस्यलाई सहभागी गराएर बित्तीय साक्षरता कक्षाका साथमा मनोसामजिक परामर्श कक्षा सञ्चालन गरिएको केपिलासगढी गाउँपालिकास्थित सामीको परियोजना संयोजक एबं मनोसामाजिक परामर्शकर्ता सिर्जना निरौलाले बताईन् ।

सामीले वैदेशिक रोजगारमा संलग्न केपिलासगढी गाउँपालिका–१ फेदीका चार समुहमा आवद्ध सय जना र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका चार समुहमा आवद्ध सय जनालाई सहभागी गराएर बित्तीय साक्षरता कक्षा तथा मनोसामजिक परामर्श कक्षा सञ्चालन गरेको जनाएको छ । 

 गाउँपालिकाका सबै ७ वडामा परियोजनाले काम गरिरहेको भए पनि हालसम्म दुई वडामा मात्र वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरिएको हो । ‘वैदेशिक रोजगारीबाट  आएको पैसालाई सही ठाउँमा सदुपयोग गर्ने, पैसाले पैसा कमाउन सिकाउने, आम्दानी र खर्चको लेखाजोखा राख्ने, अनावश्यक खर्च कम गर्ने, बचत गर्ने बानीको बिकास गर्ने, व्यवस्थित परिवार निर्माण गरि भबिष्यमा खुसी र सुखी रहन प्रोत्साहित गर्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको हो,’ निरौलाले भनिन्, ‘यस्तै वैदेशिक रोजगारीका कारणले निम्तिएका घरेलु हिंसा न्यून गर्ने, बालबालिकाको भबिष्यबारे सचेत गराउने, महिलामाथि हुने लाञ्छना र भेदभाव अन्त्य गर्ने, परिवार व्यवस्थापनलगायतका सेसन समेटिएको कक्षा सञ्चालन गरिएको छ ।’ 

देखिँदै तालिमको प्रभाव 

 बित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षाको २४ हप्ता पुरा गरेका अधिकांश सहभागीको दिनचर्यमा परिवर्तन देखिन थालेका छन् । पहिला अरुको घरमा सागसव्जी मागेर वा किनेर खाने स्थानीय तालिममा सहभागी भएपछि आफै तरकारी खेती गर्न थालेका छन् ।

कतिपयले आफुले उत्पादन गरेका तरकारी बिक्री गरेर आम्दानी लिन थालेका छन् । गाउँघरमा बिदेशबाट हात परेको पैसालाई बैंक तथा वित्तीय संस्थामा बचत गर्ने बानीको बिकास भएको छ । श्रीमानले विदेशमा दुःख गरेर पठाएको पैसालाई घर सम्हालेर बसेकी श्रीमतीले सानातिना ब्याबसायमा लगानी गर्न थालेका छन् । ‘कतिपयले बाख्रा र बंगुर पालन गर्न थालेका छन् । दैनिक खर्च र आम्दानीको हिसाव राख्न थालेका छन्,’ निरौलाले भनिन्, ‘खर्चलाई कम गरी आम्दानी बढाउन थालेका छन् । आफै आत्मनिर्भर बन्ने साहस गर्न थालेका छन् ।’ 

२२ जनालाई प्लाष्टिक टनेल 

तालिममा सहभागीमध्ये रेमीट्यान्सलाई सदुपयोग गर्दै आम्दानीमुलक काम गरिरहेका २२ जनालाई प्लाष्टिक टनेल वितरण गरिएको छ । उनीहरुको जिवीकोपार्जन र व्यवसायीक विकासका लागि सघाउ पु¥याउन हौसला स्वरुप प्लाष्टिक टनेल प्रदान गरिएको हो । उनीहरुलाई शुक्रबार गाउँपालिका उपाध्यक्ष गुरुराज राईले प्लाष्टिक टनेल हस्तान्तरण गरेका हुन् । चीनमा उच्च शिक्षा अध्ययनरत रहँदा कोभिड–१९ को महामारी फैलिएपछि स्वदेश फर्किएका विद्यार्थीलाई फेरि उतै लैजाने प्रक्रिया सुरु भएको छ । विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका ती विद्यार्थी कोभिड–१९ को सङ्क्रमण बढेर चीनले बन्दाबन्दीको  घोषणा  गरेपछि  विभिन्न  समयमा  स्वदेश फर्किएका थिए । तीमध्ये केही विद्यार्थीलाई सरकारले विमानमार्फत फिर्ता ल्याएको थियो भने केही विद्यार्थी आफ्नै खर्चमा फर्किएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्यतिखेर ८८९ जना विद्यार्थी स्वदेश फर्केका थिए । 

स्वदेश फर्किएका विद्यार्थीमध्ये एमबीबीएस, एमडी,  इन्जिनियरिङ,  भाषा,  विद्यावारिधि  तथा  सामान्य धारका विषयमा अध्ययनरत थिए । स्वदेश फिर्ता  भएका  विद्यार्थीमध्ये  पहिलो  चरणमा  २८१  जनाको सूची तयार गरेर पुनः भिसा प्राप्तिको लागि आवश्यक प्रक्रिया सुरु गर्न मन्त्रालयले आह्वान गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो