१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बिन्ध्यबासिनी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२५ जेष्ठ २०७९, बुधबार ०४:४९

जेठ २५, काठमाडौं | बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकोे आईपीओमा आवेदन दिर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले १५ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन २० जेठमा सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर बिक्री खुला भएकामा कुल निष्काशन गरिने सेयरमध्ये ६० हजार कित्ता कर्मचारीहरुका लागि र ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका इकाईका लागि सुरक्षित गरिएको छ । बाँकी १३ लाख ६५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओ जेठ २० गते शुक्रबारदेखि २५ गते बुधबारसम्म बिक्री खुला हुनेछ । आईपीओमा मेरो सेयरको मोबाइल एप, तथा वेबसाइटबाट आवेदन दिन सकिन्छ । 

नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा सदस्य लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दामा जारी पूँजीको १० प्रतिशत आईपीओ वितरण गरिसकेको छ । दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि जारी पूँजीको १५ प्रतिशत सेयर बिक्री खुला गरिएको हो । कम्पनीमा जारी पूँजी १ अर्ब रुपैयाँ रहेको यस कम्पनीको हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ७५ करोड रुपैयाँ रहेको छ ।

यस अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी भने ९.६८ रुपैयाँ छ । कम्पनीले कास्की जिल्लामा ८.८ मेगावाट क्षमताको रुदि खोला ए जलविद्युत आयोजना र ६.६ मेगावाट क्षमताको रुदि खोला बी जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ ।

दि खोला ए जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ५५ करोड ५० लाख ९९ हजार र रुदि खोला बी जलविद्युत आयोजनाको निर्माण लागत १ अर्ब ३३ करोड ९७ लाख २८ हजार रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड