२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राजश्व छल्ने बिरुद्ध आक्रामक कारवाही गर्ने महानिर्देशक पौडेल ८ महिनामै सरुवा

२०७९, ३१ जेष्ठ मंगलवार ०२:०९

जेठ ३१, काठमाडौँ । राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेल साढे आठ महिनामै सरुवा भएका छन् । राजस्व छली गर्नेविरुद्ध आक्रामक कारबाही गरिरहेका उनलाई एक्कासी सरुवा गरिएको हो । 

चालू आर्थिक वर्षको साढे आठ महिनाको अवधिमा विभागले झन्डै २२ अर्ब रुपैयाँ राजस्व छलीका मुद्दा दायर गरेको थियो । सो अवधिमा विभागले राजस्व चुहावट गर्ने र विदेशी विनिमय अपचलन गर्ने २ सय ८१ जना व्यक्ति तथा फर्मका सञ्चालकविरुद्ध विभिन्न अदालतमा कुल ११५ वटा मुद्दा दायर गरेको थियो ।


सोमबार सरुवा भएपछि महानिर्देशक पौडेलले आफ्नो साढे आठ महिने प्रगति विवरण सार्वजनिक गरेका थिए । विभागका महानिर्देशक पौडेलको सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको हो । साढे आठ महिनाअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको महत्वपूर्ण विभागको महानिर्देशकमा नियुक्त भएका पौडेललाई सरकारले २०७८ साल १८ असोजमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकबाट राजस्व अनुसन्धान विभागको महानिर्देशक बनाएर पठाएको थियो ।

पौडेलले आफ्नो कार्यकालमा बहुराष्ट्रिय कम्पनीहरूले कारोबारमा गरेको पुँजीगत लाभकर छली, नक्कली अन्तःशुल्क स्टिकरको प्रयोग, क्रिप्टोकरेन्सी, ठूलो परिमाणका विदेशी विनिमय अपचलनका गतिविधिजस्ता अत्यन्तै जटिल र केही नयाँ विषयमा समेत विभागले उपलब्धिमूलक काम गरेको र यस्तै विषयमा आफ्नो अनुसन्धानलाई केन्द्रित गरेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे