२६ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मलेसिया, युएई, कोरिया, जापान, अस्ट्रेलिया लगाएत देशबाट खुलेआम हुन्डी, राष्ट्रबैंक मुकदर्शक

२५ असार २०७९, शनिबार ०३:३९

असार २५, काठमाडौँ । राजश्व अनुसन्धान विभाग, नेपाल प्रहरी र राष्ट्र बैंक लगाएतका निकायको वेवास्ताको कारण हुण्डी कारोबार बढ्दै गएको पाइएको छ । यी निकायले विदेशी मुद्राको अबैधानीक कारोवार अर्थात हुन्डीको कारोवार गर्नेलाई कहिले-काहि कार्वाहि गरेको जस्तो गरेपनि रेमिटेन्स भित्रने मुख्य देशहरुमा खुलेआम हुन्डीको कारोवार हुने गरेको छ । केहि रेमिटेन्स कम्पनी, नेपालमा रहेका केहि बैंक र मनि ट्रान्सफरको आडमा धेरै रेमिटेन्स भित्रने मुलकहरु मलेसिया, युएई, कोरिया, जापान, अस्ट्रेलिया लगाएतका देशबाट खुलेआम हुन्डी भईरहदा सम्बन्धित निकाय समेत मौन हुनुले सम्बन्धित निकाय माथिनै प्रश्न गर्ने अवस्था आएको छ । 


विदेसबाट प्रत्यक महीना  ४० लाखभन्दा बढी नेपालीले आआफ्नो कमाई अर्थात विदेशी पैसा नेपाल पठाउने गरेपनि धेरै ठुलो रकम अबैधानिक बाटो हुन्डीमार्फत आउने गरेकाले नेपालमा विदेशी पैसाको अभाव भएको छ । बिदेशबाट आउने रकम हुन्डीका दलालमार्फत ति देशमै संकलन गरि उताको पैसा उतै महंगोमा बिक्री गरि नेपालमा नेपाली पैसा दिने गर्दा अहिलेको समस्या उत्पन्न भएको अर्थविदहरु बताउछन् । अर्थविदहरुले विदेशको उक्त रकम बैधानीक बाटोबाट ल्याउन नसकेसम्म नेपालमा विदेशी मुद्रा संकट नै हुने बताउछन । तर यसबारेमा सरोकारवाला निकायलाई जानकारी हुदा हुदै पनि तेता ध्यान नदिनाले हाल देशले ठुलो घाटा बेहोरेको छ । बैदेशिक रोजगारीमा जाने कामदारका लागी मेनपावर कम्पनीले पठाउने कमिसन, विदेश पढ्न गएका बिधार्थीहरुका लागी आवश्यक रकम, विदेशमा ब्यापार गर्ने ब्यावसायी, विदेशबाट अबैधानीक रुपमा भित्र्याऊने सुन, बिधुतीय सामाग्रीहरु र अन्य विदेशबाट सामान आयात गर्नेहरुलाई हुन्डीका एजेन्टहरुले उक्त रकम बिक्री गर्ने गरेका छन ।

हुन्डीका एजेन्टहरुले श्रमिकमैत्री मुलकहरु मलेसिया, कोरिया, युएईका विभिन्न कंपनीहरुमा एजेन्ट नै राखेर बैंकको दरभन्दा केहि बढी रकम दिएर हुन्डी संकलन गरि बेच्ने गरेका छन् । यसरि विदेशमा नेपालीहरुको पसिनाले कमाएको रकम विदेशमै प्रयोग गरि स्वदेशमा नेपाली पैसा दिनाले केहि एजेन्टहरुले पैसा कमाएपनि देश रित्तो हुने गरेको छ । हुन्डीका एजेन्टहरुले नेपालका केहि रेमिटेन्स कम्पनी, केहि बैंक र आन्तरिक रेमिट कम्पनीको प्रयोग गरि आफ्नो धन्दा चलाइरहेका छन । सरोकारवाला निकायको असक्षमताको कारण अबैधानीक हुन्डीको जालो दैनिक बढ्दो छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो