२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अन्तर्राष्ट्रिय बजारमा घट्न थाल्यो कच्चा तेल र सुनको मूल्य

२०७९, २८ असार मंगलवार १३:०५

असार २८, काठमाडौँ | विश्व अर्थतन्त्र मन्दीमा जाने अनुमानसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र सुनको मूल्य घट्न थालेको छ । रुस–युक्रेन युद्धका कारणले कीर्तिमानी मूल्यमा पुगेको सुन र कच्चा पेट्रोलियमको मूल्य घट्न थालेको हो । यसअघि, रुसले युक्रेनमाथि आक्रमण गर्दा सुन र कच्चा पेट्रोलियम पदार्थको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो ।

 मार्च र जुन महिनामा कच्चा तेलको मूल्य प्रतिब्यारेल १३० अमेरिकी डलरभन्दा माथि पुगेको थियो । जुन, यतिबेला घटेर प्रतिब्यारेल १०१ अमेरिकी डलरमा आइपुगेको छ । यो पछिल्लो समयमा कच्चा तेलमा आएको प्रतिब्यारेल २९ अमेरिकी डलरसम्मको गिरावट हो ।

यसैगरी, यतिबेला अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य समेत घट्न थालेको छ । पछिल्लो एक महिनाको अवधिमै सुनको मूल्य १.७७ प्रतिशत खुम्चिएको छ । यससँगै, हाल सुनको मूल्य प्रतिग्राम ५५.४२ अमेरिकी डलरमा आइपुगेको छ । सुनको मूल्य जुन ८ मा प्रतिग्राम ६० अमेरिकी डलरमा थियो । जुन, एक महिना यता नै करिब ५ अमेरिकी डलर प्रतिग्रामले घटेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको छ । नेपालमा कारोबार मूल्य तोक्दै आएको सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय सुनको मूल्य निरन्तर घट्दो स्थितीमा छ । महासंघका अनुसार असार महिनामा मात्रै सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार