साउन २, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज सोमबार पनि विदेशी मुद्रा बिक्री विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर १२८ रुपैयाँ ११ पैसा रहेको छ ।
युरोपियन युरो एकको खरिद दर १२८ रुपैयाँ ६४ पैसा र बिक्री दर १२९ रुपैयाँ २५ पैसा रहेको छ । त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ६३ पैसा र बिक्रीमा ८७ रुपैयाँ ०४ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ८४ पैसा र बिक्री दर ९८ रुपैयाँ ३० पैसा रहेको छ । त्यसैगरी जापानी येन १० को खरिद मूल्य ९ रुपैयाँ २० पैसा र बिक्रीमा ९ रुपैयाँ २५ पैसा रहेको छ ।
त्यस्तै, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ८७ पैसा र बिक्री दर १८ रुपैयाँ ९६ पैसा छ । साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३४ रुपैयाँ १२ पैसा छ भने कतारी रियाल १ को खरिदमूल्य ३४ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९७ पैसा तोकिएको छ ।
मलेसियन रिङ्गिट १ को खरिदमूल्य २८ रुपैयाँ ६६ पैसा र बिक्रीदर २८ रुपैयाँ ८० पैसा तोकिएको छ ।