साउन ४, काठमाडौँ | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।
बुधबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ५५ रहेको छ । अनार ३७६ रुपैया ६७ पैसा, आँप मालदह प्रतिकेजी १९३ रुपैयाँ ३३ पैसा र केरा दर्जनको १६३ रुपैया ३३ पैसा तोकिएको छ ।
स्थानीय काउली ११० रुपैयाँ, कागती २२५ रुपैयाँ, कुरिलो ३०० रुपैयाँ र लोकल सानो गोलभेँडा ४६ रुपैयाँ ४० पैसा प्रति केजी तोकिएको छ ।