२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

२०७९, ६ श्रावण शुक्रबार ०८:४६

साउन ६, काठमाडौं | राष्ट्र बैंकले आर्थिक वृद्धिलाई सघाउने गरी आर्थिक वर्ष २०७८/७९ का लागि मौद्रिक नीति ल्याउने भएको छ। राष्ट्र बैंकले विगतमा साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने गरेको भएपनि अर्थमन्त्री परिवर्तन र त्यसपछि बजेट संशोधन गर्ने भनिएकाले ढिलाइ भएको हो।

आज बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गरेसँगै राष्ट्र बैंकले सार्वजनिक गर्ने तयारी गरेको छ ।

मौद्रिक नीतिबारे गभर्नर महाप्रसाद अधिकारीले बिहीबार अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गरेका थिए । त्यसअघि उनले अर्थ सचिव, राष्ट्रिय योजना आयोगका अध्यक्ष लगायतलाई पनि जानकारी गराएका थिए ।

यस वर्ष राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउने संकेत यसअघि नै गरिसकेको छ । गभर्नर अधिकारीले अर्थतन्त्रको दबावलाई निकास दिने गरी मौद्रिक नीति आउने बताएका छन् । उनले विभिन्न बैठक तथा सार्वजनिक कार्यक्रमहरुमा विगतको भन्दा कसिलो नीतिका लागि तयार रहन पनि भन्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने