४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आकासिदै छ सुनको मूल्य, यस्ता छन् कारणहरु

२३ श्रावण २०७९, सोमबार ११:१४

साउन २३, काठमाडौँ | विश्वव्यापी आर्थिक मन्दी छाउने चर्चासँगै सुनको मूल्यमा अत्याधिक वृद्धि हुने संकेत देखा परेको छ । विश्व बजारमा सुनको मूल्यमा आउने परिवर्तसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा समेत देखिने हुँदा सुनको मूल्य किन बढ्दैछ भन्ने विषयमा जानकारी हुनु आवश्यक छ । 


त्यसैले निकट भविष्यमा नै सुनको मूल्य आकासिने सम्भावनालाई पुष्टि गर्ने केही आधारहरुबारे यहाँ सामान्य चर्चा गरिएको छ । सुनको मूल्य र अमेरिकी डलरबीचको सम्बन्धबारे हामी सबैलाई जानकारी नै छ । अमेरिकी डलरको मूल्यमा ठुलो गिरावट आउने संकेत हालै त्यहाँको फेडरल रिजर्भले सार्वजनिक गरेको एक रिपोर्टले देखाएको छ । 

जसमा चीनले त्यहाँको केन्द्रीय बैंकमा घुसपेठ गर्ने प्रयत्न गरेको कुरा उल्लेख गरेको छ । यसले के देखाउँछ भने डलरलाई नियन्त्रण गर्ने केन्द्रीय बैंक नै अहिले चीनको निसानामा रहेको छ । जसले गर्दा डलर प्रतिको आम विश्वास घट्दो क्रममा जाने निश्चित छ । यसरी डलर कमजोर बन्नु भनेको सुनको मूल्य बढ्ने वातावरण बन्नु हो । 

वास्तवमा चीन डलरलाई कमजोर पारेर आफू आर्थिक रुपमा विश्व महाशक्ति बन्ने एकसुत्रीय योजनामा छ । त्यसमा अहिले रसियाले पनि चीनलाई साथ दिइरहेको छ । यी दुवै मुलुक मिलेर डलरको विश्वव्यापी प्रभुत्व अन्त्य गर्ने योजनामा छन् । फलत सुनको मूल्य बढ्ने निश्चित देखिएको छ । 

त्यसबाहेक विकासशील पाँच मुलुकहरु ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको संगठन ब्रिक्सले आफ्रनै अलग मुद्रा जारी गर्ने चाहना सार्वजनिक गरिसकेको छ । यदी विश्व व्यापारको सर्वाधिक हिस्सा ओगट्ने यो संगठनले आफ्नै मुद्रा जारी गर्ने हो भने अन्तर्राष्ट्रिय विनिमयमा  डलरको हिस्सा अकल्पनीय रुपमा घट्ने छ । परिणाम स्वरुप सुनको मूल्य माथि चढ्ने अवस्था निर्माण हुँदैछ । 

उता ताइवान र चीन बीचको संकटले पनि सुनको मूल्यमा नै प्रत्यक्ष प्रभाव पार्ने देखिइरहेको बेला अमेरिकाको जीडिपीमा देखिएको नकारात्मक अवस्थाले समेत सुनको मूल्यलाई बढवा दिने देखिएको छ । 

उल्लेखित यावत अवस्था बाहेक क्रिप्टोकरेन्सीमा हालै देखिएको उतारचढाव र विशेष गरी बिट क्वाइनको मूल्यमा आउनसक्ने गिरावट अनुमानले समेत सुनको मूल्यलाई नै थप मलजल गरिरहेको छ । यी सबै अवस्था र तथ्यहरुका बीच सनको मूल्य आकासिन सक्ने सम्भावनालाई नकार्ने कुनै अवस्था नदेखिएकाले पन निकट भविष्यमा सुन छोइनसक्ने गरी महँगो हुने निश्चित देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता