भदौ २८, पर्वत | पर्वतमा एक नगरपालिकासहित सात गाउँपालिका बनाईनुपर्ने निर्णय जिल्लाका राजनीतिक दल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, पर्वत | पर्वतमा एक नगरपालिकासहित सात गाउँपालिका बनाईनुपर्ने निर्णय जिल्लाका राजनीतिक दल"/>
८ पुष २०८१, सोमबार
अर्थ/विकास

पर्वतमा एक नगरपालिकासहित सात गाउँपालिका रहने राजनीतिक दलको निर्णय

२८ भाद्र २०७३, मंगलवार ०६:१७

भदौ २८, पर्वत | पर्वतमा एक नगरपालिकासहित सात गाउँपालिका बनाईनुपर्ने निर्णय जिल्लाका राजनीतिक दलहरुबाट भएको छ । सात गाउँपालिका बनाउने निर्णय आईतवार राती अवेरसम्म भएको राजनीतिक दलहरुको जिल्ला प्रतिनिधिहरुको छलफलबाट हुन गएको बुझिएको छ । राज्य पुनःर्सरचना आयोगको निर्देशिकामा भने पर्वतलाई ६ वटासम्म गाउँपालिका बनाउन सकिने उल्लेख छ ।

निर्देशिकामा उल्लेख गरेको संख्यामा भन्दा बढी गाउँपालिकाको संख्या यहाँका राजनीतिक दलहरुले तोकेका हुन् । राजनीतिक दलहरुले गरेको निर्णय स्थानिय प्राविधिक सहयोग समितिलाई बुझाइ सकिएको नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य कृष्ण प्रसाद पराजुलीले बताए । समितिले पुर्नसंरचनाको संख्यालाई थपघट गर्न सक्ने राजनीतिक दलका एक प्रतिनिधिले बताए । आयोगको निर्देशिकामा ८ वटा गाविस बराबर १ गाउपालिका हुने भन्ने    छ । 

जिल्लामा तोकिएका गाउँपालिकाहरुमा उत्तरतिरको गाउँपालिका बाँसखर्क, माझफाँट, लेखफाँट, शालिजा, धाइरिङ, नाङलीबाङब, बनौं गाविसलाई जोडेर बनाइएको छ । दोस्रोमा उत्तरपूर्वका गाविसहरु भूकताङले, क्याङ, देउराली, देउपुर, बाजुङ, तिलाहार, चित्रे, राम्जा छन् । तेस्रोमा साविक कुश्मा नगरपालिका र यससँग जोडिनेमा ठुलीपोखरी, खौलालाकुरी, आर्थर छन् । चौथो गाउँपालिका बन्नका लागि कार्कीनेटा, थापाठाना, शंखरपोखरी, मुडिकुवा, खानीगाउँ, देवीस्थान, लिमीठाना, ठानामौला, भँगरा र कुर्घा गाविसका १, २, ३, ४, ५, ६, ९ वडाहरुलाई मिलाइएको छ । पाचौ गाउँपालिका अन्तर्गत पाङराङ, बाच्छा, बर्राचौर, रानीपानी, वहाँकी, उराम, शालिग्राम गाविस समाहित गरिएको छ ।त्यसैगरी छैठौ गाउँपालिका बनाउन टकलाक, त्रिवेणी, बेहुलीबास, सरौखोला, भोर्ले गाविसलाई समायोजन गरेको पाइन्छ । सातौ गाउँपालिकामा कुर्घाका ७, ८ वडाहरु र फलामखानी, लुंखु, पाखापानी, बालाकोट, भोक्सिङ, होश्राङ्दी रहने छन् ।

गाउँपालिकाको  भौगोलिक सिमांकन राजनीतिक दलहरुले सात वटा गरेपनि तिनीहरुको नामांकन भने अझै टुंगो लागेको छैन ।राजनीतिक दलहरुको निर्णयलाई जिल्ला विकास अधिकारीको संयोजकत्वमा रहेको स्थानीय पुर्नसंरचना प्राविधिक सहयोग समितिमा अध्ययन र परामर्शका लागि पठाइएको छ । पहिलो पर्वतमा ४७ गाविस भएपछि ६ वटा गाउपालिका हुने पर्ने थियो । केही राजनीतिक व्यक्तिको स्वार्थ र पुरानो बजार केन्द्रको अस्तित्व जोगाउने बहानामा गाउँपालिकाको संख्या वृद्धि गर्नु परेको चर्चा छ ।आयोगले दिएको निर्देशिका विपरित गाउँपालिकाको संख्या बढी तोकेका कारण जिल्ला प्राविधिक समितिलाई मुश्किल पर्ने देखिन्छ । प्राविधिक समितिका अनुसार दलको निर्णय आयोगमा पठाउने तयारी     गरेको छ तर उक्त निर्णय अनुसार आयोगले स्वीकार गर्छ भन्ने छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएलको फाइनलमा क्रिकेट मैदान बाहिर युवकलाई कुटेको आरोपमा दुई जना पक्राउ अमेरिकामा रेलभित्रै आगो लगाएर एक महिलाको हत्या हिरासतमा रहेका रविको फोटो सार्वजनिक गर्ने निकोलस भुसाललाई पोखरा पठाइयो आज फेरि बढ्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ? थुनछेक बहसका लागि रविलाई अदालत लगियो, न्यायाधीश राईको इजलासमा पेशी ‘पुष्पा-२’ का अभिनेता अल्लु अर्जुनको घरमा तोडफोड, ६ जना पक्राउ शक्ति समूहकी संस्थापक सुनिता दनुवारको आज बिहान निधन पाँच संसदीय समितिको बैठक आज बस्दै ब्राजिलमा निजी विमान दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु आयोगले गरे भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर रविविरुद्ध सहकारी ठगी प्रकरण मुद्दामा आजदेखि थुनछेक बहस हुने आजको मौसम: उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना साई स्वागत सहकारी ठगी प्रकरणमा भरत जङ्गम पक्राउ रविको काभ्रेको जग्गा र निकिताको बूढानीलकण्ठको घडेरी जफत गर्न माग सरकारी वकिलको कार्यालयमा इन्कारी रविको बयान: सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी मेरो रहँदैन एनपीएलको फाइनलमा सट्टेबाजी गराएको आरोपमा थप २ भारतीय पक्राउ यी हुन् शुक्रबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु [सूचीसहित] अमेरिकाले झुक्किएर खसायो आफ्नै लडाकु विमान रवि लामिछानेको सांसद पद निलम्बन हुने कैलालीमा आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ