Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारी वकिलको कार्यालयमा इन्कारी रविको बयान: सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी मेरो रहँदैन

२०८१, ७ पुष आईतवार १७:३१

काठमाडौँ | पूर्वगृमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी आफ्नो नहुने बयान दिएका छन् ।

आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा उनीसहितका व्यक्तिविरुद्ध मुद्दा दर्ता भएको छ । तर लामिछाने आफूमाथि लागको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालयमा इन्कारी बयान दिएका छन् ।

सहकारीमा आफ्नो नाममा पोखरा ८ सृजनाचोक ठेगाना लेखेर एक करोड ऋण देखाइएको उनले बयानमा उल्लेख गरेका छन् ।

लामिछानेले सहकारीबाट रकम लिने कार्यमा आफू कुनै पनि किसिमबाट संलग्न नरहेको र सहकारीको रकम मैले उपभोग समेत नगरेको हुँदा सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी आफ्नो नरहने बयान दिएका छन् ।

यस्तो छ लामिछानेको दिएको बयान

२०७७ असार ३१ गते सहकारीमा नामथर रवि लामिछाने, ठेगाना पोखरा ८ सृजनाचोक लेखेर एक करोड ऋण देखाइएको भन्ने कुरा यसै वित्तीय विश्लेषण र संसदीय समितिमा बयान दिन जाँदाको क्रममा आधिकारिक रूपमा थाहा पाएको हुँ ।

सहकारीबाट रकम लिने कार्यमा म कुनै पनि किसिमबाट संलग्न नरहेको र सहकारीको रकम मैले उपभोग समेत नगरेको हुँदा सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी मेरो रहँदैन । सहकारी संस्थाबाट मैले ऋण लिएको भए ऋण तथा ब्याज तिर्नको लागि पत्र तथा ताकेता आउनुपर्ने थियो, गैर कानूनी ढंगबाट ऋण लिइएको मलाई जानकारी छैन ।

मलाई जानकारी भएको खण्डमा यिनिहरूको कर्तुत बाहिर आउने डर समेत राखि योजनाबद्ध र गोप्य रूपमा गैरकानूनी तरिकाले हिसाब मिलान गरी अर्को वर्षलाई समेत क्यापिटलाइज गरिएको रहेछ भन्ने उल्लेख गरेको, रवि लामिछानेको नाउँमा सहकारीको कम्प्युटर लेखा प्रणाली सिष्टममा अभिलेखिकरण गरिएको रवि लामिछानेको नाम उल्लेख भई खोलिएको बचत र ऋण खाता मेरो उपस्थिति, मन्जुरी र जानकारीमा खोलेको अवस्था नभएको तथा उक्त खाता खोल्दा कम्प्युटर प्रणालीमा पूर्ण विवरण समेत भरेको नपाइएको हुँदा सो खातामा रवि लामिछानेको हुने कुरै भएन ।

म सम्बद्ध गोर्खा मिडियाले मेरो जानकारी, सहमति, उपस्थिति वा योजनामा कुनै पनि सहकारी संस्थाबाट पैसा लिने लिखित वा मौखिक कुनै प्रकारको सहमति, सम्झौता, करार गरेको थिएन । उनीहरूले गरेको लगानीको स्रोत सहकारी संस्थाबाट आएको भन्ने कुरा स्थापित हुने कुनै आधिकारिक दस्तावेज गोर्खा मिडियामा प्राप्त छैन र थिएन ।

गोर्खा मिडियामा प्रवन्ध निर्देशकको आधिकारिक जिम्मेवारी मिति २०७७ पुस २५ गतेको निर्णय बमोजिम मिति २०७७ पुस ३० गते नियुक्ति पत्र सहित दिइएको थियो, गोर्खा मिडिया नेटवर्कको कार्यकारी अध्यक्ष गितेन्द्र बाबु राई समेतले मलाई टेलिभिजनमा लैजादै गर्दा १५ प्रतिशत स्वेट शेयर, आकर्षक एडभान्स र तलब सहितको सेवा सुविधा दिने भनि विश्वास दिलाई सहमति र सम्झौता समेत गरी लैजानु भएको हो । जसकारण कम्पनीको सञ्चालकहरू गितेन्द्र बाबु राई र छविलाल जोशीले शेयर बाँडफाँडको कार्य गर्दै रहँदा सहमति र सम्झौता अनुसार मलाई मिति २०७७ चैत महिना देखि १ प्रतिशत ५ शेयर सदस्यमा समेत राख्नु भएको उल्लेख गरेका हो ।

उक्त कम्पनीमा २०७९ असार १ गतेसम्म रही मलाई कम्पनीबाट उपलब्ध गराइएको निःशुल्क शेयरलाई कुनै पनि पैसा नलिइकन जस्ताको तस्तै कार्यकारी अध्यक्ष गितेन्द्र बाबु राईलाई फिर्ता गरी कम्पनी रजिष्ट्रारको कार्यालयबाट आधिकारीक रूपमा शेयर सदस्यबाट र कार्यकारी अध्यक्ष गितेन्द्र बाबु राईको सल्लाह बमोजिम नै टेलिभिजनबाट प्रवन्ध निर्देशकको जिम्मेवारीबाट समेत राजिनामा दिएर अलग भएको हुँ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू