४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रेमिट्यान्स खाता नहुनेले आईपीओमा आवेदन दिन नपाउने

४ आश्विन २०७९, मंगलवार ०७:१३

असोज ४, काठमाडौँ | नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई साधारण शेयर(आईपीओ)मा गरेको आरक्षणमा रेमिट्यान्स खाता नभएकाहरुले भाग लिन नपाउने भएका छन् । उक्त आरक्षण कोटामा भाग लिन विदेशमा भएका नेपाली वा अब विदेश जानेले पनि बैंकमा रेमिट्यान्स खाता खोलेर गएमा मात्र उक्त आरक्षणमा भाग लिन पाउने छन् । 


धितोपत्र बजारको अभौतिककरणको व्यवस्थापन गरिरहेको सिडीएस एण्ड क्लिरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुन्यप्रसाद आचार्यका अनुसार बोर्डले आरक्षणको व्यवस्थाका लागि बैंकमा नै रेमिट्यान्स खाता भनेर खोलेकाले मात्र यो योजनामा सहभागी हुन सक्नेछन् । 

वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई नेपाल धितोपत्रको प्राथमिक निष्कासन (आईपीओ) मा दश प्रतिशत आरक्षण गर्ने व्यवस्था गरिएपनि यसमा स्पष्टता नहुँदा अन्यौलता देखिएको हो । विदेशमा रहेका श्रमिकहरुलाई कसरी कोटा अनुसार आईपीओमा आवेदन दिने भन्नेबारे अन्यौलता देखिएको हो । 

चालू आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा सरकारले यस वर्षको बजेटमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई धितोपत्रको प्राथमिक निष्कासनमा दश प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थालाई कार्यान्वयन गर्दै नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को छैठौ संशोधन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल