२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अमेरिकाद्वारा नेपाली व्यवसायहरूको विश्वव्यापी प्रतिस्पर्धात्मकतामा २ अर्ब ४१ करोड लगानी

२०७९, ४ आश्विन मंगलवार ११:१२

असोज ४, काठमाडौँ | अमेरिकाले आज युएसएआईडी व्यापार तथा प्रतिस्पर्धात्मकता क्रियाकलापको सुरुवात गर्दै नेपालको निजी क्षेत्रमा यसको थालनी गरेको छ । 

एक करोड ९० लाख अमेरिकी डलर (करिव २ अर्ब ४१ करोड १४ लाख रुपैयाँ) को यस पाँच वर्षीय लगानीले उच्च वृद्धि र रोजगारीको सम्भाव्यता भएका लक्षित क्षेत्रका नेपाली व्यवसायहरूको प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । 

युएसएआईडीले नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सहकार्य गरी व्यवसायहरूलाई नयाँ व्यापार र लगानी अवसरहरूको सहजीकरण गर्न, बजारमा आधारित वित्तीय र गैर वित्तीय सेवाहरूमा उनीहरूको पहुँच बढाउन र उत्पादकता वृद्धि गर्न मद्दत गर्ने जनाइएको छ । 

‘नेपालको निजी क्षेत्रमाथिको यस लगानीले रोजगारीका अवसरहरू सृजना गरी महिला, युवा र सीमान्तकृत समूहहरूको आय अभिवृद्धि गर्नेछ,’ युएसएआईडी नेपालकी नियोग प्रमुख सेपिडे केभान्शाडले भनिन्, ‘यो क्रियाकलाप नेपालको अर्थतन्त्र सुदृढ गर्न र नेपाली जनताको जीविकोपार्जनमा सुधार ल्याउन नेपाल र अमेरिकाबिच रहेको बृहत् सहकार्यको एउटा उदाहरण मात्र हो ।’ 

युएसएआईडी व्यापार तथा प्रतिस्पर्धात्मकता क्रियाकलापले स्थानीय उत्पादन, पर्यटकीय अनुभव र विश्वको जुनसुकै ठाउँमा उपलब्ध गराउन सकिने डिजिटल सेवाजस्ता उच्च मूल्यका निर्यात बढाउने र विविधीकरण गर्ने नेपालको महत्वाकांक्षालाई अगाडि लैजाने दूतावासले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार