२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ज्वालामुखी गाउँपालिका जोड्ने कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती, पटक-पटक म्याद थप

६ आश्विन २०७९, बिहीबार १२:४०

अनिल अधिकारी । असोज ६, काठमाडौँ । धादिङको पाल्पा भन्ज्याङदेखि सादभन्ज्याङसम्मको सडक कालोपत्रे गर्ने काम सम्पन्न भईसक्नुपर्ने मिति २०७८ पुष ३० गते हो, तर यो सडक अझै कालोपत्रे भईसकेको छैन । त्यसो त यहि सडक खण्डको निर्माणाधीन सडकको कारण सवारी आवागमनमा असहज अवस्था छ । 

बडादशैंसँगै मङ्सिरमा हुन गईरहेको संघिय निर्वाचनको मिति नजिकिदै गर्दा यहि अलपत्र अवस्थामा रहेको सडकको कारण स्थानिय निकाय तथा राजनीतिक दलमा आवद्ध नेताहरु आलोचनाको सिकार बनिरहेका छन् । स्थानिय सरकारलाई समेत यो सडक कहिलेसम्म कालोपत्रे भईसक्छ भन्ने जानकारी दिईएको छैन । 

काठमाडौँ कलंकी स्थित कार्यालय भएको कास्यप समिर जेभीका (ठेकेदार माधव घिमिरे)ले यो सडक खण्डको ४.४ किलोमिटर कालोपत्रे गर्ने ठेक्का लिएका हुन् । जस अन्तर्गत पाल्पाभन्ज्याङदेखि नीलकण्ठ नगरपालिका तर्फ दुई किलोमिटर र ज्वालामुखी गाउँपालिका तर्फ २.४ किलोमिटर कालोपत्रे गर्ने सम्झौतामा छ । यो योजना अन्तर्गत बन्ने कालोपत्रे सडकको मोटाई ३० एमएमको हुने सम्झौतामा छ । 

पूर्वाधार बिकास कार्यालय नुवाकोटले कास्यप समिर जेभी कम्पनीसँग सडक निर्माणको लागि २०७७ असार १७ गतेनै ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार झन्डै डेढ बर्षमा सक्नुपर्ने काम कास्यप समिर जेभीले म्याद थपिथपि आगामी चैत मसान्तसम्म पुर्याएको छ । म्याद थप्नुको कारण कोरोना महामारी भएको बताइएको छ । 

हालसम्म यो सडकको ६५ प्रतिशत काम सम्पन्न भएको प्रादेशिक सडक डिभिजन कार्यालय, धादिङका निमित्त कार्यालय प्रमुख मदन आले मगर बताउँछन् । आलेका अनुसार पूर्वाधार बिकास कार्यालय नुवाकोटको टेन्डरमा गत पुषमा ठेक्का म्याद सकिएपनि कोरोनाको कारण देखाई ठेकेदार घिमिरेले गत २०७९ असार १७ गतेसम्म निर्माण सम्पन्न गर्ने भनि पुन: सम्झौताको म्याद पाएको थियो । त्यसपछि यो योजना हेर्ने जिम्मेवारी प्रादेशिक सडक डिभिजन कार्यालय धादिङले पायो । यो कार्यालयले गत साउन १ देखि मात्र यो योजनालाई हेर्ने जिम्मेवारी पाएको आले बताउँछन् । पटक-पटक ठेक्काको म्याद थपेर सडक निर्माणको कार्य सम्पन्न नभएको यो योजनाको अब अर्को म्याद थप्न नसक्ने आलेको भनाई छ । उनका अनुसार नजिकिदै गरेको बडादशैंलाई मध्यनजर गरि बिग्रिएका स्थानहरुमा समेत सहज आवागमनको लागि सडक निर्माण गर्न ठेकेदार कम्पनीलाई ताकेता गरिएको छ । 

यता समयमै सडक निर्माण नभएको कारण अपजस आफूले पाएको ज्वालामुखी गाउँपालिकाका प्रमुख यामनाथ दनैको गुनाशो छ । स्थानिय निकाय प्रमुख दनैका अनुसार यो सडक निर्माणको ठेक्का पाएका कास्यप समिर जेभीका संचालक माधव घिमिरेले लामो समयदेखि गाउँपालिका प्रमुखकै फोन उठाएका छैनन् । समयमै सडक निर्माण सम्पन्न नभएपछि गाउँपालिकाले ध्यानाकर्षण गर्न खोज्दा ठेक्का पाएको कम्पनी सम्पर्कमै आउन नचाहेको दनैको भनाई छ । उनले सडक निर्माणको टेन्डर र सुपरिवेक्षण अर्कै निकायले गर्ने भएको कारण स्थानिय सरकार मुकदर्शकजस्तो बन्नुपरेको गुनाशो गरे । दनैले भने “ठेक्का लिने कम्पनीले समयमै निर्माण नसक्दा जनताले हामीलाई गाली गरेका छन्, अपजस हामीले खेप्नुपरेको छ, सडक नबन्दा स्थानियलाई मर्का परेको छ, जनताको आक्रोश हामीमाथि छ । हाम्रो पालिकामा बन्ने सडकको हामीलेनै समन्वय तथा सुपरिवेक्षण गर्न नपाउने कुरा अचम्मको कुरा हो ।” 

यता सडक निर्माणको जिम्मा लिएको कास्यप समिर जेभीका माधव घिमिरेलाई सडक निर्माणको प्रगति विवरण र आगामी योजनाको बिषयमा थप जानकारी लिन खोज्दा ठेकेदार घिमिरेले साइट हेर्ने व्यक्तिको नम्वर पठाईदिन्छु भनेर फोन नम्बर समेत नपठाई टारेका छन् । ठेक्का लिएर समयमै काम गर्न नसकेको कास्यप समिर जेभीले कोरोना र निर्माण सामग्री महंगिएको बहाना गर्दै ठेक्का अवधि थप्दै आएको पाइएपछि प्रादेशिक सडक डिभिजन कार्यालय, धादिङले उसलाई दिनुपर्ने भुक्तानीमा समेत कडाई गरेको बताएको छ । बर्षाको कारण केहि समय काम रोकिएको जस्तो भएपनि दशैं अघि गर्नुपर्ने मर्मत गर्ने र दशैँपछि योजनाको बाँकी काम गर्ने जानकारी ठेकेदार कम्पनीले आफूहरुलाई जानकारी दिएको प्रादेशिक सडक डिभिजन कार्यालय, धादिङका निमित्त कार्यालय प्रमुख मदन आले मगरले बताए । आलेका अनुसार सम्झौतामा भए अनुसार कालोपत्रे अघि गर्नुपर्ने पुर्व तयारीको काम अझै डेढ किलोमिटर जति गर्नुपर्ने अवस्था छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजदेखि रास्वपाको जनयात्रा सुरु थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो