२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कात्तिकमा निक्षेपको ब्याजदर नबढ्ने

२०७९, २७ आश्विन बिहीबार ०९:५२

असोज २७, काठमाडौं | असोजमा निक्षेपको ब्याजदर बढाएका बैंकहरुले कात्तिकमा भने नबढाउने भएका छन् । ब्याजदर बढाएकै भरमा निक्षेप नथपिने र अहिले बढाएको ब्याजदरले बढेको लागत आउँदो माघदेखि मात्र ब्याजदरमा जोड्न पाइने भएकाले कात्तिकमा ब्याजदर स्थिर राख्ने निष्कर्षमा बैकहरू पुगेका हुन् ।


बैंकर्स संघले औपचारिक निर्णय वा सहमत नगरेपनि कात्तिकमा अहिलेको भन्दा माथिल्लो तहमा ब्याजदर नलैजान सबै सहमत देखिएको एक बैंकरले जानकारी दिए । असोज महिनामा बैंकहरुले निक्षेपको ब्याजदर बढाएर प्रकाशित गरेका थिए । नेपाल बैंकर्स संघले असोजसम्म ६ महिनादेखि भद्र सहमति कायम गर्दै सबै बैंकमा एउटै ब्याजदर कायम गरेका थिए ।

राष्ट्र बैंकले साउनमै ब्याजदर बढाउन सन्देश दिएपनि अटेर गरेर बसेका बैंकहरुले एक अर्काबीच निक्षेप खोसाखोस गरेर बसेका थिए । तर, असोजको लागि भने निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दतीतर्फ नै ११.०३ प्रतिशतबाट बढेर १२.१३ प्रतिशत पुर्‍याइएको थियो । अब कात्तिक महिनामा पनि यही दर कायम रहने भएको छ । रेमिट्यान्स मुद्दतीको १३.१३ प्रतिशत न्यूनतम ब्याजदर कायमै रहनेछ ।

राष्ट्र बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेकोले अहिले साधारण बचतको ब्याजदर पनि ७.१३ प्रतिशत छ । यस्तै राष्ट्र बैंकले व्यक्रिगत मुद्दतीको भन्दा संस्थागत मुद्दतीको अधिकतम ब्याजदर २ प्रतिशत बिन्दु कम गर्नुपर्ने व्यवस्था गरेकोले अहिले संस्थागत मुद्दती निक्षेपको ब्याजदर १०.१३ प्रतिशत कायम छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने