१२ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भैरहवाबाट उडान नगरेपछि हिमालय र नेपाल एयरलाइन्सको काठमाडौंबाट हुने उडान कटौती

१३ कार्तिक २०७९, आईतवार ११:०४

कात्तिक १३, काठमाडौँ । सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले त्रिभुवन विमानस्थलबाट गर्ने नियमित उडानहरू कटौती गरिदिएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने गरी तालिका नबनाएको भन्दै सरकारले एयरलाइन्सको उडाननै कटौती गरिदिएको हो । 

नियम अनुसार त्रिभुवन विमानस्थलबाट दैनिक प्रति तीनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीले कम्तीमा एउटा उडान भैरहवा विमानस्थलबाट पनि गर्नुपर्ने हुन्छ । तर भैरहवाबाट उडान भर्न फाइदा नभएपछि हिमालय र नेपाल वायुसेवा निगमले भैरहवाबाट उडान गर्ने गरी नयाँ तालिका बनाएनन् । त्यसै नियम उलंघन गरेको कारवाही स्वरूप प्राधिरकणले आइतबार नेपाल वायुसेवा निगमको दिल्लीमा हुने उडान रोकिदिएको छ । हाल नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स सहित विदेशी एयरलाइन्सहरु एयर अरेबिया, फ्लाइ दुबई र कतार एयरवेजले त्रिभुवन विमानस्थलबाट दैनिक तीनभन्दा बढी उडान भर्दै आएका छन् । 

यसमा बिदेशी एयरलाइन्सहरुको लागि भने भैरहवाबाट उडान अनिवार्य भर्ने मिति केहि पछि सारिएको छ । दैनिक तीन भन्दा बढी उडान भर्ने बिदेशी एयरलाइन्सहरुले भैरहवाबाट पनि एक उडान अनिवार्य भर्नुपर्ने मिति २०२२, १५ डिसेम्बर सम्मको लागि सारिएको छ तर नेपालको राष्ट्रिय ध्वजाबहाक नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई भने आजैदेखि यो नियम लगाइएको छ । नेपाली एयरलाइन्सहरुले नियम नमानी तालिका बनाएपछि प्राधिकारणले दुवै एयरलाइन्सको उडानमा कटौती गरिदिएको हो । प्राधिकारणले बनाएको नियमलाई मिचेपछि उनीहरुले अटेरी गरेको भन्दै उडान कटौती गरेको हो ।

अहिले भैरहवा स्थित विमानस्थलमा जजिरा एयरलाइन्सले कुवेतबाट साताको ३ वटा मात्रै उडान गरिरहेको छ । बाध्यकारी नियम बनाइएपछि अब वैदेशिक रोजगारमा जानेहरुले भैरहवाबाट पनि उडान भर्नुपर्ने हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको सचिवालय बैठक आज बस्दैँ यस्तो छ, शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर ! संघीय संसद अन्तरगत दुई समितिको बैठक आज बस्दै भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन आज पनि रास्वपा सभापति लामिछानेको बयान हुदैँ उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना शुक्रबार साँझदेखि अर्को मौसम प्रणाली भित्रिँदै, कहाँ-कहाँ पर्ला पानी ? रोकिएका आयोजनालाई सरकारले अगाडि बढाउँछ : ऊर्जामन्त्री खड्का अवैध ९२ लाख रुपैयाँको अनुसन्धान गर्दा ‘आफ्नै श्रीमती बेच्ने व्यक्ति’ खुलेपछि… ‘केपी ओलीले एमालेबाट निकालेका’ भीम रावल अब के गर्छन् ? लगनगाँठोमा कसिदै नेपाली क्रिकेटर दाजुभाइ आरिफ र आसिफ शेख आसिफ र आरिफलाई गृहजिल्लामा सम्मान कान्तिपुर मिट हाउसमा म्याद नाघेको मासु, महानगरले गर्‍यो नष्ट रूपन्देहीमा १४ वर्षीया बालिका बलात्कारकाे आराेपमा एक युवक पक्राउ शोभा पाठकलाई साइबर क्राइममा ५ वर्ष कैदको माग गर्दै मुद्दा दर्ता भीम रावलले नयाँ पार्टी खोल्ने एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका विपिन शर्मालाई स्वस्तिमाले दिइन् आइफोन गिफ्ट रवि लामिछानेसँग बयान सुरु भीम रावल लगायतलाई कारबाही गर्नुअघि ओलीले सचिवालय बैठकमा के भने ? आईसीसीद्वारा विराट कोहलीलाई कारबाही